होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा
खेलकुद

युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

  • नागरिक रैबार
युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए ।

श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार