होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • आज नेपाल र सिंगापुर भिड्दै
खेलकुद

आज नेपाल र सिंगापुर भिड्दै

  • नागरिक रैबार
आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपाल आज (शनिबार) दोस्रो खेलमा आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

इन्डियन एसोसियसनको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको नेपाल आयोजकसँग जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ ।

नेपाल दुई महिनाअघि सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरसँग ८२ रनले पराजित भएको थियो ।

विज्ञापन

यता आयोजक सिंगापुर नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार