होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • प्रधानसेनापति ट्रफी सम्पन्न
पत्रपत्रिका

प्रधानसेनापति ट्रफी सम्पन्न

  • नागरिक रैबार
प्रधानसेनापति ट्रफी सम्पन्न

काठमाडौं– यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा श्री नं. १६ बाहिनी अड्डा प्रथम भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा श्री मध्य पृतना हेड क्वा. दोस्रो हुँदा उपत्यका पृतना हे.क्वा. तेस्रो भयो ।

प्रतियोगिताका विजेता पृतना तथा बाहिनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले नगद तथा ट्रफी प्रदान गरे । प्रतियोगिताअन्तर्गत फुटबलतर्फ जगदल गणले जीत हात पर्दा विष्णुदल गणले उपविजेतामा चित्त बुझायो ।यस्तै गणतर्फको खेलकुदमा समग्रमा जगदल गण प्रथम भयो भने पुरानो गोरख गण दोस्रो र श्री नं.१ जगदल गण तेस्रो भयो ।

प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरु क्रमशः हङकङमा सञ्चालन भएको नर्थ फेस रेसमा अन्तर्राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक, हङकङमै सञ्चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्न सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ्ग तथा गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्न सफल बक्सिङ्गतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई ‘अजय बल सम्पन्न ट्रफी’ तथा नगद पुरस्कार समेत प्रदान गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार