होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • एसीसी यू-१९ एसिया कप क्रिकेट : श्रीलंकासँग नेपाल स्तब्ध
खेलकुद

एसीसी यू-१९ एसिया कप क्रिकेट : श्रीलंकासँग नेपाल स्तब्ध

  • नागरिक रैबार
एसीसी यू-१९ एसिया कप क्रिकेट : श्रीलंकासँग नेपाल स्तब्ध

काठमाडौं : एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ । बिहीबार टेस्ट मान्यता प्राप्त श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा नौ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । नेपालका लागि ओपनर रीत गौतमले अर्धशतकीय पाली खेले । उनले ८५ बलको सामना गरी चार चौकाको मद्दतमा ५४ रन बनाए । अर्का ओपनर पवन सर्राफ भने चार रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका आसिफ शेख पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी १२ बलको सामना गरी एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । नेपालले २४ रनको कुल स्कोरमै दुई विकेट गुमाएको थियो । त्यसपछि रीत र कप्तान रोहितकुमार पौडेलले टोलीको स्कोरलाई एक सय १५ रनसम्म डोर्या‍एका थिए।

विज्ञापन

रीत र रोहितले टोलीका लागि ९१ रनको साझेदारी गरे । कप्तान रोहितले ८० बलको सामना गरी एक चौकाको मद्दतले ४७ रन थपे । हरि चौहानले १२ रन बनाए भने भीम सार्की एक रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । कुशल मल्ल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । रसिद खान १५ रनमा अविजित रहे । उनले २२ बलको सामना गरी एक छक्का प्रहार गरे ।

यसैगरी कमलसिंह ऐरीले दुई, सागर ढकालले एक र सूर्य तामाङले पनि अविजित एक रन बनाए । नेपालले अतिरिक्त रूपमा १३ रन पाएको थियो । श्रीलंकाली टोलीका बलर दिल्सान मदुसन्का र नभोद पारनाभिथनाले तीन÷तीन विकेट लिए । वर्षाका कारण खेल ५० बाट घटाएर ४२ ओभरमा झारिएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलंकाले ३३.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान कामिल मि श्राले ५५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान मि श्राले ६२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।

अहान विक्रमासिंघेले पनि टोलीको जितमा ३० रनको योगदान गरे । उनले ३६ बलको सामना गरी दुई चौका प्रहार गरे । यस्तै अभिस्का धारिन्दुले २५, निपुन धनञ्जयले १८, ओपनर नभोद पारनाभिथना १२ र रासन्था डा सिल्भाले १५ रन जोडे ।

नेपालका रसिद खानले दुई विकेट लिए । यस्तै पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले एक÷एक विकेट हात पारे । नेपालले समूह चरणको दोस्रो खेलमा आइतबार बंगलादेशको सामना गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार