होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • साविक विजेता लिभरपुल पहिलो खेलमै स्तब्ध
खेलकुद

साविक विजेता लिभरपुल पहिलो खेलमै स्तब्ध

  • नागरिक रैबार
साविक विजेता लिभरपुल पहिलो खेलमै स्तब्ध

एजेन्सी  : च्यापियन्स लिग फुटबलको यस सिजनको पहिलो खेलमै साविक विजेता लिभरपुल पराजित भएको छ । ग्रुप ई मा रहेको लिभरपुल इटालियन क्लब नापोलीसँग २–० ले पराजित भएको हो।

नापोलीको घरेलु  मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । तर खेलको अनितमतिर नापोलीले दुई गोल गर्दा लिभरपुल स्तब्ध बन्यो ।  लिभरपुलका डिफेन्डर एन्ड्रिउ रोबर्टसनले डिबक्सभित्र जोसे कालेहनलाई फल गरेपछि  नापोलीले पेनाल्टीको मौमा पाएको थियो । ८२औं मिनेटमा ड्राइस मेर्टिन्सले पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई अग्रता दिलाए। ९० मिनेटपछिको अतिरिक्त समयमा  फर्नान्डो लोरेन्टेले गोल गर्दै नापोलीका लागि २–० को जित पक्का गरिदिए ।

यही समूहको अर्को खेलमा अष्ट्रेलियन क्लब रेडबुल साल्जवर्गले बेल्जियन क्लब केआरसी जिन्कलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । च्याम्पियन्स लिगको समूह चरणका खेल मंगलबारदेखि सुरु भएको हो । गंगलबार ८ वटा खेल भए। बुधबार पनि ८ खेल हुँदै छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार