होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको ४ गोल
खेलकुद

पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको ४ गोल

  • नागरिक रैबार
पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको ४ गोल

एजेन्सी –सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ । लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल सहयोगमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को सानदार जित निकालेको हो ।

घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे । २८औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल खेलमा २–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डाले ह्याट्रिक पुरा गर्दा पोर्चुगल खेलमा ३–१ ले अघि बढ्यो । रोनाल्डोको गोल यतिमै रोकिएन । रोनाल्डोले ७६औं मिनेटमा बर्नाडोकै पासमा चौथो गोल गरे । अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को फराकिलो जित दिलाए ।

विज्ञापन

पोर्चुगलका लागि ९३ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले समग्रमा आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरे । उनी आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोड्दै युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले २५ गोल पुरा गरेका हुन् ।

प्रभावशाली जितसँगै पोर्चुगलले समूह ‘बी’ मा ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिथुआनिया १ अंकसहित पुछारमा छ ।
यही समूहको अर्काे खेलमा सर्वियाले लक्जेमवर्गलाई ३–१ ले हरायो । सर्विया ७ अंकसहित तेस्रो तथा लक्जेमवर्ग ४ अंक जोडेर चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार