होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वपकको उपाधि जितेको हो ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ […]
नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् । विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए ।‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो । यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै […]
काठमाडौं – कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन्।शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ। अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।आज हुने पहिलो क्वाटरफाइनलमा ब्राजिल र […]
चितवन– रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने छ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा […]
दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। प्रथम बडीमालिका मेयर कपको उपाधी आयोजक समाज सुधार युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा रानीवन स्पोर्टस क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो मेयर कपको उपाधी जितेको हो । पहिलो हाफमा सुरुवादी अग्रता लिएको रानीवनले दोस्रो हाफमा कुनै गोल थप्न सकेन् । आयोजक समाज सुधारले भने दोस्रो हाफमा […]
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री देउवाले […]
धनगढीः पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। प्रतियोगितामा सहभागी ६ हजार बढी खेलाडी मध्येकी सबैभन्दा कान्छी खेलाडी हुन रितिका बुमी। उनी पौडीमा सुदूरपश्चिमलाई प्रतिनिधितव गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी छन्। कक्षा ४ मा अध्ययनरत रितिका पढाइसंगै पौडीमा पनि अब्बल रहेको उनका आफन्तले बताएका छन्। नवौँ राष्ट्रिय खेलकुदमा मध्यम प्रर्दशन गरिरहेकी उनले प्रदेशबाट ३६ जनालाई […]
नागरिक रैबार बाजुरा ३१ असाेज चाैथाे संस्करणको छेडेदह फुटबल कपकाे उपाधि पनि कन्सर्न बाजुराले उचालेकाे छ । छेडेदह स्पाेर्टस् क्लकाे आयाेजनामा असाेज २६ गतेदेखि संचालन भएकाे उक्त प्रतियाेगितामा रानिवन स्पाेर्टस् क्लवलाई ३-२ काे अन्तरले पराजित गर्दै यस वर्षकाे उपाधि पनि जितेकाे हाे । चाैथाे टेडेदह कपकाे विजेता बनेकाे कनर्सन बाजुराले २ लाख ३३ हजार ३ […]
नागरिक रैबार/बाजुरा २९ असाेज।बाजुराकाे बुढीगंगा नगरपालिकामा वडा स्तरीय भलिवल प्रतियोगिता संचालन गरिएको छ । बडा दशैं तथा शुभदिपावली २०७९ काे अवसरमा बुढीगंगा नगरपालिका ३ मा रहेकाे बसाली युवा क्लबद्धारा आयोजित उक्त प्रतियोगिताकाे शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाले सयुक्त रूपमा उद्घाटन गरेका छन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष पनि दशैं तिहारको अवसरमा सर्वाधिक पुरस्कार धनरासीको चौथो क्षेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बाजुरा जिल्लाको शान र पहिचानका लागि क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन चौथो क्षेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिन लागेको हो । दशैं तिहारको उपलक्ष्यमा […]
क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे। खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले […]
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए ।राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार […]
इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बोरूसिया डर्टमण्डमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सिटीले दोस्रो जित निकालेको हो। रोमान्चक खेलमा सुरूआती एक गोलको अग्रता उल्टाएर म्यानचेस्टर सिटीको नाटकीय पुनरागमन गरेको हो । इतिहाद स्टेडियममा पहिलो हाफसम्म गोल रहित बराबरीमा सकिएको खेलको ५६ […]
बैतडी: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन्। प्रदेशस्तरीय […]
काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।नेपालका मुख्य […]
काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले जानकारी दिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको […]
काठमाडौं । दर्शकको स्वास्थ्यमा समस्या आउँदा झण्डै एक घण्टा रोकिएको खेलमा बार्सिलोनाले क्याडिजलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यस सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो । लगातार चौथो जितपछि बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिडलाई बार्सिलोनाले एक अंकले […]
काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे […]