होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य
समाचार

नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

  • नागरिक रैबार
नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

१९ असार, काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे ।

झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

विज्ञापन

सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाए । उनले ४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका हुन् ।अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।

ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै विकेटकिपरको हातबाट क्याच भए ।भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे ।

सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट भए ।करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए ।

अन्तिम ब्याटरको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।आयरल्याण्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिए । ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै