होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट
समाज

अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

  • नागरिक रैबार
अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई क्याच गराए ।अमेरिकाले १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ । अनलाइन  खबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार