होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आयरल्याण्डविरुद्ध टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने
समाचार

आयरल्याण्डविरुद्ध टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने

  • नागरिक रैबार
आयरल्याण्डविरुद्ध टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने

१९ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्याण्डसँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा आयरल्याण्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल समूह एबाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

नेपालले सातौं स्थानको प्ले अफ सेमिफाइनलमा यूएईलाई ३ विकेटले पराजित गर्दै आयरल्याण्डसँगको भेट पक्का गरेको हो ।आयरल्याण्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

विज्ञापन

नेपालले टी–२० आईमा आयरल्याण्डसँग तीन खेल खेलेको छ । तीनै खेलमा नेपाल पराजित भएको छ ।नेपालको प्लेइङ ११ :अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, किशोर महतो र सन्दीप लामिछाने । अनलाइन खबर बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै