होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा
देश/प्रदेश

झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा

  • नागरिक रैबार
झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा

काठमाडौं– विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ । प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नातीराज गुरुङलाई पठाएको छ । यसअघि एसपी गंगा पन्तको चितवन सरुवा गरिएपनि उनले रमाना भने लिन पाएकी थिइनन् ।

चितवन प्रहरी प्रमुख रहेका एसपी दान बहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएपछि चितवनमा नयाँ एसपी गएका थिएनन् । प्रहरी प्रधान कार्यालयले गत गत पुस ९ गते सरुवा गरेपनि मल्लले भने झन्डै २ हप्ता पछि मात्रै चितवन छाडेका थिए ।

चितवन सरुवा गरिएकी एसपी गंगा पन्त भने अब जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर जाने भएकी छन् । पर्सा प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयअन्तर्गत इन्टरपोल शाखामा सरुवा भएको प्रहरी प्रधान स्रोतले जानकारी दिएको छ ।

विज्ञापन

यस्तै, जिल्ला प्रहरी कार्यालय बारामा पनि नयाँ एसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई बारा प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ । बाराका प्रहरी प्रमुख एसपी विकास खनालको ५ नम्बर प्रदेशको प्रदेश दंगा नियन्त्रण गण सुनवलमा सरुवा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार