होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ
राजनीति

राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ

  • नागरिक रैबार
राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ

फागुन २१ काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज ११ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा उहाँहरुलाई सपथ गराउनु भएको हो ।

नवनिर्वाचित सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरसहित १८ जनाले सपथ लिनुभयो ।

जसमा मन्त्रिपरिषद्बले मनोनीत एक सदस्यको सिफारिस सरकारले गर्न बाँकी रहेकाले एउटा कोटा भने रिक्त रहेकाे छ । सपथग्रहणसँगै आजैबाट राष्ट्रियसभा सदस्यहरुले औपचारिक रूपमा जिम्मेवारी पाएका छन् ।

विज्ञापन

नेपालको संवैधानिक व्यवस्थाअनुसार एक तिहाइ राष्ट्रियसभा सदस्यहरुको कार्यकाल दुई वर्षमा सकिन्छ । गोलाप्रथा बाट २ बर्षे कार्यकाल निर्धारण भएका सांसदहरु १९ जना सांसदले मंगलबार राजीनाम दिएका थिए ।

राष्ट्रियसभा सदस्यको लागि भएको र्विाचनमा १८ सिटमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र २ सिटमा राष्ट्रिय जनता पार्टी (राजपा)ले जित हासिल गरेको थियो । अन्य दलले कुनै पनि स्थानमा जीत निकाल्न सकेका थिएनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार