होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो । पत्रकार चापागाईंलाई डीएसपी सन्तोषसिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो […]
काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्लाको गौमुल गाँउपालिकाको सम्पुर्ण भेषभुषा, कला,संस्कृति झल्काउने गरी निर्माण गरिएको मनिसा दानी र गगन बोहराको देउडा गीत गौैमुलको चेलो भिडियो सहित सार्वजनिक भएको छ । राम बहादुर दानीको शब्द संगीत्मा तयार पारिएको उक्त गीतको निदेशन धन बहादुर बि.सीले गर्नु भएको छ भने छायाङ्कन स्वयम राम बहादुर दानीले गर्नु भएको छ । […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया ३५ वर्षपछि विवाह बन्धनमा बाँधिने भएका छन् । बुढीनन्दा नगरपालिका ७ मा ३५ वर्ष अघि जन्मेका राेकायाले बुढीनन्दा नगरपालिका ९ कि संगिता बोहरासंग आफ्नो ३५ वर्षे उमेरमा लगनगाँठो कस्न लागेका हुन् । रोकाया र बोहरावीचको ३ वर्षको प्रेम सम्वन्धपछि अन्ततः आगामी मंसिर ३ […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बहुचर्चित म्युजिक एरेन्जर तथा सर्जक विनोद बाजुरालीको शव्द तथा लयमा चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डा) को ‘ताउलो’ बोलको टिपिकल देउडा गीत सार्वजनिक भएको छ । आइतवार ‘म्यूजिक नेपाल’ को अफिसियल युट्युव च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।‘ताउलो’ बोलको गीतमा देउडा गायक लाल बहादुर धामी र […]
२४ कार्तिक। नेपालको भू–भाग लिपुलेक, कालापानी क्षेत्रलाई हालै भारतद्वारा जारी उसको आधिकारिक नक्सामा गाभेर प्रकाशन गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा नेपाल सरकारले कुटनीतिक माध्यमद्वारा सो नक्सा संशोधन गराउनेतर्फ पहल गर्न र देशका अन्य क्षेत्रमा रहेका सीमा समस्या तथा विवादहरुलाई राष्ट्रको स्वाधीनता र सार्वभौमिकता कायम हुनेगरी समाधान गर्नसमेत बैठक […]
कात्तिक २४, काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा […]
धनगढी, २४ कार्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजिनामा दिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजिनामा बुझाएका हुन् । कार्यालया दर्ता हुन आएका छैन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद बिडारीबताए । मुख्यमन्त्री स्रोतले भने उनले राजिनामा दिएको बताएको छ । कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप […]
डडेल्धुरा , २४ कार्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा।डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको […]
डोटी । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा एक सय ४ चिकित्सकको अभाव छ । अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकलसुपरिटेन्डेन्ट […]
■ डिल्लीराम अम्माई फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी […]
मकवानपुर–दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजसँग अफगानिस्तान पराजित भएको छ । भारतको लखनउमा भएको खेलमा ४७ रनले वेष्ट इण्डिजसँग अफगानिस्तान पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो ।पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७ चौका र ३ छक्का प्रहार गरे भने ओपनर […]
सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो । तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। नेपाल भारत सिमा नाकासंग जोडिएको दार्चुलाको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रलाई भारतीय हस्तक्षेपबाट रोक्न अनेमसंघले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने दार्चुला जिल्ला भरतको सीमासंग जोडिएको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रमा भारतले विगत ७० वर्ष देखि जवरजस्त रुपमा भारतिय सेना […]
२४ कात्तिक, डोटी । आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका ७ ढम्कनेका कृषकहरुले फलाएका विषादिरहित आलु पहिलोपटक राजधानी काठमण्डौंमा विक्रीका लागि पठाईएको छ । ढम्कने कृषि सहकारी संस्था लि. र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा ढम्कनेमा फलेको विषादिरहित आलु पहिलो पटक राजधानी काठमाण्डौंमा पठाईएको हो । आलुको उचित बजार नहुँदा कृषकहरुले फलाएका आलु खेर गईरहेका बेला कृषि ज्ञान […]
काठमाडौँ २४ कार्तिक । अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न […]
भरतपुर महानगरपालिका वडा नम्बर ७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ६ की २० वर्षीया पुजा […]
काठमाडौं : मंसिर १४ गते हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मतदाता नामावली स्वीकृत भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव गिरिजा शर्माले तीनै तहको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरिएको जानकारी दिएका हुन्। प्रवक्ता शर्माले उपनिर्वाचनको तयारी तीव्र भइरहेको जानकारी दिँदै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य […]
ओखलढुंगा–ओखलढुंगामा दसैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुनेगरी कुपपिट भएको छ । ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो । प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । असोज १९ गते महाअस्टमीको दिन झापाबाट ओखलढुंगा आएका परियारका दाजुभाइलाई चिशंखुगढी गाउँपालिका पोखरेसम्म […]