होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको आलु पहिलोपटक राजधानी काठमाण्डौं पठाईयो
Breaking News

बाजुराको आलु पहिलोपटक राजधानी काठमाण्डौं पठाईयो

  • नागरिक रैबार
बाजुराको आलु पहिलोपटक राजधानी काठमाण्डौं पठाईयो

नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका ७ ढम्कनेका कृषकहरुले फलाएका विषादिरहित आलु पहिलोपटक राजधानी काठमण्डौंमा विक्रीका लागि पठाईएको छ ।

ढम्कने कृषि सहकारी संस्था लि. र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा ढम्कनेमा फलेको विषादिरहित आलु पहिलो पटक राजधानी काठमाण्डौंमा पठाईएको हो ।

आलुको उचित बजार नहुँदा कृषकहरुले फलाएका आलु खेर गईरहेका बेला कृषि ज्ञान केन्द्र बाजुराले आलुको बजारीकरण गर्नका लागि सहयोग गरेपछि कृषकहरुलाई आलुखेतीमा आत्मनिर्भर बन्न ठुलो सहयोग मिलेकाे बडीमालिका नगरपाकिा ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

विज्ञापन

शनिबार मात्रै देशकै ठुलो शहर पोखरामा ४० क्वीन्टल आलु विक्रिका लागि पठाईएको थियो भने आइतबार विहान पनि राजधानी काठमाण्डौंमा विक्रीका लागि १ सय क्वीन्टल आलु पठाईएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन् ।

Image may contain: 7 people, including Min Prasad Jaishi, people smiling, people standing, mountain and outdoor

बाजुराको अर्गानिक आलु राजधानी काठमाण्डौमा विक्रि वितरणका लागि काठमाण्डौंका सरोज सुवेदी, कृषि टेलिभिजन र कृषि फ्रेस प्रा.लि. ललितपुरले व्यवस्थापन गर्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि ३ घण्टा पैदल दुरीमा रहेको बडीमालिका नगरपालिका. ७ ढम्कने आलु उत्पादनको एकमात्रै नमुना क्षेत्रका रुपमा चिनिदै आएको छ । उक्त क्षेत्रका कृषकहरुले एक सिजनमा करिव पन्द्र सय क्वीन्टलसम्म आलु फलाउने गरेका छन् ।

बाजुरमा हिँउदे र वर्षे गरि १ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा आलु खेति हुने गरेको छ भने वर्षमा २० हजार ४ सय ७० मेट्रिक टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार