होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डा केसीको समर्थनमा सरकारी गाडी चलाउन रोक
समाचार

डा केसीको समर्थनमा सरकारी गाडी चलाउन रोक

  • नागरिक रैबार
डा केसीको समर्थनमा सरकारी गाडी चलाउन रोक

२४ कात्तिक, डोटी । आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।

डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । अन्य सवारी भने रोकिने छैन ।

सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० वजे देखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय पनि गरिएको बताए ।

विज्ञापन

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने सरकारी गाडी चल्नमा रोक लगाउने कुरा आफूहरुलाई मान्य नहुने बताए । प्रजिअ पौडेलले भने ‘सरकारी गाडी चल्छन्, कसैले रोक लगाउँदैमा थन्किनन् ।’

डा. केसीलाई रिफर गर्ने तयारी

अनससन स्थलबाट शुक्रबार डडेल्धुरा अस्पताल सारिएका डा केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ । ‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ, उहाँको थप केही जाँचगर्नुपर्ने देखिन्छ, जुन यो अस्पतालमा सम्भव छैन’ डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा जितेन्द्र कँडेलले भने ‘त्यसैले अन्यत्र पठाउने तयारी गर्दैछौं ।’

पिसाबमा देखिएको समस्या सुधारउन्मुख नदेखिएकाले पनि धेरै समय डडेलधुरामा राख्न उपयुक्त नरहेको उनले बताए ।

डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहित चिकित्सक टोली खटिएको छ । आकस्मिक कक्षमै रहेका उनलाई रिफर गर्ने विषयमा उनका भाइ किशोरसँग छलफल भइरहेको डा. कँडेलको भनाइ छ । ‘यो अस्पतालमा उहाँको उपचार सम्भव छैन । अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो’ उनले भने ‘उहाँले सुदूपश्चिमै अनशन गर्छु भन्नु भएकाले सायद कैलीलीतिर पठाइन्छ होला ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार