होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्कुटर चालकको मृत्यु
समाचार

स्कुटर चालकको मृत्यु

  • नागरिक रैबार
स्कुटर चालकको मृत्यु

भरतपुर महानगरपालिका वडा नम्बर ७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ६ की २० वर्षीया पुजा सुनार हुन्।

 प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नम्बरको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो। स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान ३ः५० बजे भएको थियो। रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार