होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रायोको साग खानुहोस्, यी २० खतरनाक रोगबाट छुटकारा पाउनुहोस्, जानकारीको लागि सेयर गरौं
समाचार

रायोको साग खानुहोस्, यी २० खतरनाक रोगबाट छुटकारा पाउनुहोस्, जानकारीको लागि सेयर गरौं

  • नागरिक रैबार
रायोको साग खानुहोस्, यी २० खतरनाक रोगबाट छुटकारा पाउनुहोस्, जानकारीको लागि सेयर गरौं

सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।

तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

जोर्नी र हड्डी बलियो बनाउँछ
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

विज्ञापन

महिनावारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

स्मरणशक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

आँखा तेजिलो बनाउँछ
रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

मुटु बलियो बनाउँछ
मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

क्यान्सरबाट जोगाउँछ
रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

डन्डीफोर कम गर्छ
रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।

रुघाखोकीबाट जोगाउँछ
रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

पत्थरी हुन दिँदैन
पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

र यो पनि
खाली पेटमा किशमिश पानी खाँदा यस्तो फाईदा
एजेन्सी । किशमिशमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ । यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किशमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ ।

यसरी बनाउँहोस् किशमिशको पानीः
एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किशमिश हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् । बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किशमिशलाई मज्जाले चपाएर खानुहोस् ।

किशमिश एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

किशमिशमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ ।

किशमिशमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।
किशमिशमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।

यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किशमिश र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।

किशमिशमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

यो पनि पढ्नुहोस्, एकसाथ यस्ता खाना खाँदा तपाईंको ज्यानै जान सक्छ
केहि खानेकुराहरु एकसाथ खानाले हाम्रो स्वास्थयलाइृ नराम्रो असर गर्छ । जसको नकारात्मक असरका कारण हामी बिरामी पनि पर्छौ । आज हामी सात खानेकुरा जुन एक साथ खानु हुदैन ।

खानापछि फलफूल
फलफूलमा हुने सुगर जुन पचाउन सायम लाग्दैन । प्रोटीन, स्टार्च र फ्याटले भरिपूर्ण फलफूलहरु पचाउन निकै समय लाग्छ । खानापछि फलफूल खायौ भने हाम्रो पेटमा फलफूलमा भएको सुगर हाम्रो पेटमा रहिरहन्छ र हाम्रो स्वास्थ्यमा नोकसान पुर्याउँछ । तर खाना खानुभन्दा पहिले भने हामी फलफूल खान सक्छौ । तर पूर्णरुपमा खाली पेटमा कहिल्यै पनि फलफूल खानुहुदैन ।

चिज पास्तामा टमाटर
टमाटरमा भएको एसीड र पास्तामा भएको स्टार्ची काब्र्सको कम्बीनेसन राम्रो हुदैन । झन यसमा चिज मिलाएर खायौ भने हामीले पचाउन पनि सक्दैनौ । पेस्टो सस र सागसब्जीसँग पास्ता खानु उपयुत्त हुन्छ ।

दहीसँग फलफूल
आयुर्वेदका अनुसार दहीसँग मेवा , अनार लगायतका फलफूल खानाले शरिरमा टक्सीन्स पैदा हुन्छ । जसले रुघाखोकी र एलर्जी हुने गर्छ । दहीसँग यी फलफूल खानबाट बच्ने गर्नुहोस् । तर हामी दहीसँग केरा भने खान सक्छौ । जसमा चिनी , दालचिनी र किसमिस पनि मिलाउन सकिन्छ ।

बोडी र चिज
चिज र बोडीलाई एक साथ मिलाएर कहिल्यै पनि नखानुहोस् । यसलाई सँगै खादा पेटमा ग्यास भरिने र ब्लोटीङ को समस्या हुन्छ ।

दुध र केरा
दुध र केरालाई पनि कहिल्यै सँगै नखानुहोस् । आयुर्वेदमा यसको कम्बीनेशन राम्रो मानिदैन । जसलाई डाईजेशनको समस्या छ उनीहरुले त झनै बिर्सेर पनि खानु हुदैन । तर दुधसँग केरालाई मजाले पकाएर खानुभयो भने राम्रो हुन्छ । यसमा अलाईची पनि हाल्नुहोस् जसले स्वाद बढाउँछ ।

ग्रिल्ड चिल्ड सेन्डवीच
यी दुई खानेकुरा सँगै खानले डाईजेशनको समस्या हुन्छ । प्रोटीन र ग्लुकोज दुवैको लागी डाईजेशनको लागी भिन्दा भिन्दै ईन्जाईमको आवश्यकता पर्छ । जब हामी यी दुईलाई एक साथ खान्छौ हाम्रो शरिरले पहिले प्रोटीनलाई डाईजेस्ट गर्छ । यो अवस्थामा ग्लुकोज नपचेरै लामो समयसम्म हाम्रो पेटमा नै रहन्छ ।

यसको लागी हामीले एक उपाय भने अपनाउन सक्छौ । सैन्डविचको ठाउँमा चिजलाई हरियो सलादसँग खानाले डाईजेशन राम्रो हुन्छ ।

दलिय खानेकुरा र सुन्तलाको जुश
फलफूलमा भएको एसिडले दलीय खानेकुरा या कार्नफ्लेक्स जस्ता खानेकुरामा पाउने डाईजेस्टीव स्टार्चसँग मिलेर त्यसलाई बिगार्छन् । ओटमिलमा दुध पनि हुन्छ । दुधसँग एसीडको कम्बीनेसनले हाम्रो शरिरलाई नोक्सान गर्छ ।

यदि तपाई सुन्तलाको जुश पिउन चाहानुहुन्छ भने खनान खानु भन्दा आधा घण्टा पहिले पिउने गर्नुहोस् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार