होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौं महिलाहरुले निर्वस्त्र भएर प्रदर्शन गरका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसिप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा उक्त नग्न प्रदर्शनको आयोजना गरेको हो । विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए । फेसबुकले […]
जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ। गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो। स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ। उनले भने, ‘स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन्। स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न […]
जागिर खाने बेला लिखित तथा मौखिक परीक्षाको सामना त गर्नुभएकै होला । परीक्षा तथा अन्तर्वार्ता भनेपछि मनमा डर उत्पन्न हुन्छ । तर यो दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ जागिर खानका लागि परीक्षा दिनुपर्दैन । कफी पिउने कुरामा अब्बल ठहरिए पुग्दछ । अष्ट्रेलियाको एक अकाउटिंग सफ्टवेयर कम्पनी Xero ले यस्तो अनौठो खालको कफी परीक्षा लिन्छ […]
जनकपुर- नेपाल चिकित्सक संघ जनकपुर शाखामा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार जनकपुरमा भएको शाखाको निर्वाचनले डा रामनरेश पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। डा पण्डितले अर्का प्रतिस्पर्धी उम्मेदवार डा अनिल ठाकुरलाई २० मतले पछि पार्दे विजयी भएका हुन्। डा पण्डितको १५३ मत आएको छ। बरिष्ठ उपाध्यक्षमा डा जामुनप्रसाद सिंह, उपाध्यक्षमा रामदेव चौधरी, सचिवमा […]
भैरहवा- भैरहवा अञ्चवपुरका उमबहादुर खड्का कपिलवस्तुको रामघाटमा ज्वाइँको मलामी गएर फर्कंदै थिए। पकडीमा बस दुर्घटनामा पर्यो। खड्कासहित २७ जना घाइते भए। गत बुधबार साँझ सिद्धार्थ यातायात व्यवसायी संघमा आबद्ध लु १ ख ७७५२ नम्बरको गाडी दुर्घटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ल्याइयो। सुरुमा राम्रै उपचार भए पनि अर्को दिनदेखि […]
काठमाडौं । अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ । के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ । […]
काठमाडौँ –राजधानीमा इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी विषयका विशेषज्ञहरुको भेला सम्पन्न भएको छ। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा स्वास्थ्य उपचार र औषधी अझै पनि सर्वसुलभ भइनसकेको बताए। निःसन्तान समस्या हटाउनका लागि विभिन्न प्रकारका मोर्डन टेक्नोलोजीबाट नेपालमा उपचार भइरहेकोमा उनले खुसी व्यक्त गरे। फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष एवम् वरिष्ठ […]
धरान– धरान उपमहानगरपालिकाका दुई वडालाई डेंगु संकटग्रस्त वडा घोषणा गरिएको छ। बिपी अध्ययन प्रतिष्ठान धरानका अनुसार हालसम्म २ सय बढी संक्रमित भेटिएका छन्। सबै भन्दा धेरै संक्रमित भएका वडा नम्बर १५ र ८ लाई डेंगु संक्रमित वडा घोषणा गरिएको छ। बैसाख ३० गते देखि धरानमा देखिएको डेंगु प्रकोप नियन्त्रण बाहिर गएपछि वडा नं. १५ र […]
काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाईमा सुरु भएको जीवन बचाउने अभियान अन्तर्गत कालोपुलमा शनिबार भएको स्तन तथा पाठेघर क्यान्सरको निशुल्क शिविरमा १ सय ४४ जनाले सेवा लिएका छन्। बिहान १० देखि ३ बजेसम्म सञ्चालन भएको शिविरमा सेवा लिएकामध्ये तीन जनामा समस्या देखिएको शिविरका कोअर्डिनेटर दिपेश तामाङले जानकारी दिए। सांसद थापाको अगुवाईमा काठमाडौं निर्वाचन क्षेत्र नं […]
फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ । टेलिफोनका आविष्कारक हुन् […]
उपचारका क्रममा श्रीमतीको मृत्यु भएपछि उनलाई छोडेर श्रीमान् फरार भएका छन्। क्षिरेश्वरनाथ नगरपालिका निवासी अरविन्द यादवले गएराति आफ्नी श्रीमती २२ वर्षया रेणु यादवलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याएका थिए। तर, उपचारका क्रममा मृत्यु भएपछि श्रीमतीको शवलाई अस्पतालमै छोडेर फरार भएको माइती पक्षले बताएको छ। सामान्य टाउको दुखेको भनी अस्पताल ल्याइएकी छोरीको मृत्यु नै रहस्यमय […]
जिल्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उनले भने, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन् । स्वास्थ्यचौकीमा न त […]
नानीराम नेपाल, सिन्धुपाल्चोक । विवाह भोज खाएर फर्कीएका तिन दर्जन बढि मानिसहरु बिरामी भएका छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ स्थित मुलाबारी र आसपासका दर्जनौ मानिसहरुमा झडापखाला फैलिएपछि सिंगो गाउँ नै आतंकीत बन्न पुगेको छ । शुक्रबार मुलाबारीका स्थानीय गोपी भुजेलको छोरीको विवाह भोज खाएर फर्कीएका ३५ जनाभन्दा बढि स्थानीयमा झाडापखाला चलेको स्थानीय एवम बलेफी […]
काठमाडौं । अस्पतालमा काम गर्ने नर्सको जिम्मेवारी हुन्छ, विरामीको सेवा गर्ने । बिरामी छिटो निको गराउनमा नर्सको हेरचाह र व्यवहारले ठूलो भूमिका खेल्छ भनिन्छ । तर जब कुनै नर्स नै विरामीको मृत्युको कारक बन्छन् भने स्थिति के होला ? एउटा यस्तो घटना भएको छ, जुन सुन्दैमा त्रसित हुने खालको छ । हामीले मानव हत्याका अनेक […]
बैशाख २२, २०७६ रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट […]
बैशाख २२, २०७६ मस्को : रुसको मस्कोस्थित शेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे १०० विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए। विमान अवतरण हुनासाथ विमानमा ठूलो आगलागी भएको थियो। रुसी जाँच समितिका […]
बैशाख २२, २०७६ अमेरिकाको फ्लोरिडा राज्यमा शिक्षकले अब कक्षा कोठामा बन्दुक लग्न पाउने छ । राज्यको सिनेटले विहिबार उक्त ब्यवस्थासँग सम्बन्धित विधेयक पारीत गरेको छ । यद्यपी कक्षामा बन्दुक लग्नु अगाडी शिक्षकले १ सय ४४ घण्टाको तालिम लिनु पर्ने र मानसिक परीक्षण अनिवार्य गराउनु पनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस कानुनलाई समर्थनमा रहेका […]
काठमाडौँ, वैशाख १७- संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । […]
बैशाख २२, २०७६ तेहरान÷वासिङ्टन, (एजेन्सी) मध्यपूर्वस्थित अमेरिकी सुरक्षाबलको ठेगानामा हमला हुने आंशकामा अमेरिकाले एक युद्धपोत त्यस क्षेत्रमा तैनाथ गरेको छ। इरानलाई एक स्पष्ट र सीधा सन्देश दिन उक्त युद्धपोत तैनाथ गरिएको अमेरिकाले जनाएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले कैयौं दुःख दिने र उक्साउने खालका संकेत तथा चेनावनीको जवाफमा ट्रम्प प्रशासनले यो फैसला लिएको […]