होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • धावन मार्गमै विमानमा आगो लाग्यो ४१ जनाको मृत्यु
प्रचलन

धावन मार्गमै विमानमा आगो लाग्यो ४१ जनाको मृत्यु

  • नागरिक रैबार
धावन मार्गमै विमानमा आगो लाग्यो ४१ जनाको मृत्यु

बैशाख २२, २०७६

रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्।

रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन्। उक्त विमान आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको छ।

विज्ञापन

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार