होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • जहाँ जागिर पाउन परीक्षा होइन, कफी पिउनु पर्दछ
विचित्र संसार

जहाँ जागिर पाउन परीक्षा होइन, कफी पिउनु पर्दछ

  • नागरिक रैबार
जहाँ जागिर पाउन परीक्षा होइन, कफी पिउनु पर्दछ

जागिर खाने बेला लिखित तथा मौखिक परीक्षाको सामना त गर्नुभएकै होला । परीक्षा तथा अन्तर्वार्ता भनेपछि मनमा डर उत्पन्न हुन्छ । तर यो दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ जागिर खानका लागि परीक्षा दिनुपर्दैन । कफी पिउने कुरामा अब्बल ठहरिए पुग्दछ ।

अष्ट्रेलियाको एक अकाउटिंग सफ्टवेयर कम्पनी Xero ले यस्तो अनौठो खालको कफी परीक्षा लिन्छ उम्मेदवारका लागि । उक्त परीक्षणको नाम हो, कफी कप टेष्ट । यो कफी परीक्षामा फेल हुनेलाई जागिरमा राखिँदैन ।

कम्पनीका प्रमुख ट्रेन्ट इनेसले एक कार्यक्रमका दौरान आफुहरुको कफी परीक्षाको बारेमा बताएका छन् । उनका अनुसार कम्पनीमा जागिरका लागि आउने उम्मेदवारलाई उनी आफ्नो किचेनसम्म लैजान्छन् र कफी पिउँदै बाहिर आउँछन् र गफ गर्दछन् । गफ गरिरहँदा कपको कफी सकिइसकेको हुन्छ । वास्तवमा कफी खाइसकपछि खाली कपलाई उम्मेदवारले बाहिरै छाड्छ कि किचेनमै लगेर छाड्न चाहन्छ भन्ने कुरा थाहा पाउनु उनको यो परीक्षणको मुख्य उद्देश्य हो ।

विज्ञापन

उनका अनुसार हामीले सीपको विकास गर्न सकिन्छ, ज्ञान प्राप्त गर्न सकिन्छ । तर व्यवहार र दृष्टिकोण भन्ने कुरामा आफैमा अन्तर्निहित हुन्छ । आफुले कफी पिएको कपलाई आफैले किचेनमा लगेर आफै धुनुपर्छ भन्ने व्यवहारिक ज्ञान नभएको उम्मेदवारलाई कम्पनीले जागिरमा राख्दैन । आफ्नो कफी कप आफैले धुनुपर्छ भन्ने मूलमन्त्र कम्पनीमा जागिर खान आउनेहरुका लागि एउटा प्रमुख आवश्यकता हो । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार