होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • धरानमा भयावह बन्दै डेंगु, २ सय बढी संक्रमित भेटिए
स्वास्थ्य-जीवनशैली

धरानमा भयावह बन्दै डेंगु, २ सय बढी संक्रमित भेटिए

  • नागरिक रैबार
धरानमा भयावह बन्दै डेंगु, २ सय बढी संक्रमित भेटिए

धरान– धरान उपमहानगरपालिकाका दुई वडालाई डेंगु संकटग्रस्त वडा घोषणा गरिएको छ।

बिपी अध्ययन प्रतिष्ठान धरानका अनुसार हालसम्म २ सय बढी संक्रमित भेटिएका छन्। सबै भन्दा धेरै संक्रमित भएका वडा नम्बर १५ र ८ लाई डेंगु संक्रमित वडा घोषणा गरिएको छ।

बैसाख ३० गते देखि धरानमा देखिएको डेंगु प्रकोप नियन्त्रण बाहिर गएपछि वडा नं. १५ र ८ लाई स्वास्थ्यमा आपतकालीन अवस्था डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरीएको हो।

विज्ञापन

धरानको वडा नं. १५, ८, १३ र ९मा डेंगु संक्रमित नै भेटिएका छन्।

सुरु देखिनै डेंगु नियन्त्रणको प्रयास भइरहे पनि प्रभावकारी हुन सकेको थिएन। स्थानीय सरकारले प्रदेश र संघीय सरकारलाई पत्रचार गरी डेंगु नियन्त्रणका लागि सहयोग माग गरिएको कार्यबाहक मेयर मञ्जु भण्डारीले जानकारी दिइन्।

डेंगुका बिरामीहरूलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गर्न माग गर्दै पत्रचार गरिएको उनको भनाइ छ। जसका लागि बिपी प्रतिष्ठानमा हेल्प डेस्कको पनि स्थापना गरिएको छ।

चिकित्सकसहितको टोलीले अहिले धरानका विभिन्न टोलमा पुुगेर जनचेतना फैलाउने काम गरिरहेको छ। दिउँसो मात्र टोक्ने र सफा पानीमा अण्डा पार्ने फरक प्रजातीको लामखुट्टेलाई निर्मूल पार्न उपमहानगरपालिकाले औषधि समेत छर्कने काम गरेको छ।

अहिलेसम्म धरानका २ सय भन्दा बढी व्यक्ति डेंगुुको संक्रमणमा छन्। यसअघि डेंगुमा बिरामी देखिने गरे पनि धरानमा एकै पटक यति धेरै व्यक्तिमा संक्रमण देखिएको भने पहिलो पटक हो।

धरानमा पछिल्लो समय डेंगु नियन्त्रण बाहिर गएपछि जनमानसमा त्रास फैलिएको छ।

प्रदेश संसदको सामाजिक विकास समितिले समेत डेंगुु प्रभावित क्षेत्रलाई प्रदेश सरकारले विशेष सहयोग गर्नुुपर्ने माग गरेको छ।

प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले सरकार गम्भीर भएको भन्दै डेंगु नियन्त्रणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अहिलेसम्म कुुनै पनि व्यक्तिको ज्यान गइनसकेको हुँदा चाँडो सतर्कता अनपनाउन चिकित्सकले सल्लाह दिएका छन्। उनीहरूले सामूहिक जनचेतनाका माध्यमबाट मात्रै चाँडो डेंगुु नियन्त्रण गर्न सकिने भन्दै सरकार लगायत समाजका विभिन्न संघसंस्था जुुट्न ढिलाइ गर्न नहुने बताए।

यदि, डेंगु भयावह हुँदै जाने हो भने यसको राकेथाम चुनौतिपूर्ण रहेको भन्दै बेलैमा सचेत रहन चिकित्सकको राय रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार