होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जीवन बचाउने अभियान : १ सय ४४ ले लिए सेवा
स्वास्थ्य-जीवनशैली

जीवन बचाउने अभियान : १ सय ४४ ले लिए सेवा

  • नागरिक रैबार
जीवन बचाउने अभियान : १ सय ४४ ले लिए सेवा

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाईमा सुरु भएको जीवन बचाउने अभियान अन्तर्गत कालोपुलमा शनिबार भएको स्तन तथा पाठेघर क्यान्सरको निशुल्क शिविरमा १ सय ४४ जनाले सेवा लिएका छन्।

बिहान १० देखि ३ बजेसम्म सञ्चालन भएको शिविरमा सेवा लिएकामध्ये तीन जनामा समस्या देखिएको शिविरका कोअर्डिनेटर दिपेश तामाङले जानकारी दिए।

सांसद थापाको अगुवाईमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ को वडा नम्बर ३० मा जीवन बचाउने अभियानअन्तर्गत हरेक शनिबार स्वास्थ्य शिविरको कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ। यो अभियान अझै ७ वटा शनिबारसम्म चल्ने बताइएको छ।

विज्ञापन

काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत सांसाद थापाले यो अभियान सञ्चालनमा ल्याएका हुन्। शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि हुँदै आएको छ।

शिविरअन्तर्गत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण हुँदै आइरहेको छ। यो अभियानअन्तर्गत १० वटा शिविर उक्त वडाका विभिन्न स्थानमा हुन्छ। पहिलो शिविर मैतिदेवी मन्दिर पछाडि भइसकेको छ भने दोस्रो शिविर सांसद थापाको कार्यालय ज्ञानेश्वरमा भएको थियो।

यसअघि भएका दुई शिविरमध्ये ज्ञानेश्वरमा भएको शिविरमा एक सय १० जनाको निशुल्क जाँच गरिएको थियो। जसमध्ये ४ जनामा समस्या भेटिएको छ। समस्या देखिएकाहरुको समस्या समाधानका लागि आयोजकले सहयोग गर्ने छन्।

मैतिदेवीमा भएको शिविरमा १ सय ८० जनाले सेवा लिएका थिए। जसमध्ये १४ जनामा समस्या देखिएको छ।

शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार