होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुसी विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको पुष्टि
अन्तर्राष्ट्रिय

रुसी विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको पुष्टि

  • नागरिक रैबार
रुसी विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको पुष्टि

बैशाख २२, २०७६

मस्को : रुसको मस्कोस्थित शेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे १०० विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए। विमान अवतरण हुनासाथ विमानमा ठूलो आगलागी भएको थियो।

विज्ञापन

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले विमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिए तर स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताए।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो। शेरेमेट्येभो विमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त विमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो। विमानस्थलमा जबर्जस्ती उत्रनासाथ विमानमा आगो लागेको थियो।

सुपरजेट भनिने रुसी एसएसजे १०० दुई इन्जिनयुक्त जहाज हो। यो विमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो।

यस विमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त विमानको गत अप्रिलको सुरुमै मर्मत गरिएको जनाएको छ। एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा विमान उडाएको अनुभव रहेको बताएको छ।

सोभियत सङ्घ युगको विमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे १०० सिरिजका नयाँ विमान विकास गरेको थियो।

यही सिरिजका विमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
राजनीति
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि