होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • एक नर्सबाट ८५ बिरामीको हत्या, यसरी खुल्यो अपराध
विचित्र संसार

एक नर्सबाट ८५ बिरामीको हत्या, यसरी खुल्यो अपराध

  • नागरिक रैबार
एक नर्सबाट ८५ बिरामीको हत्या, यसरी खुल्यो अपराध

काठमाडौं । अस्पतालमा काम गर्ने नर्सको जिम्मेवारी हुन्छ, विरामीको सेवा गर्ने । बिरामी छिटो निको गराउनमा नर्सको हेरचाह र व्यवहारले ठूलो भूमिका खेल्छ भनिन्छ । तर जब कुनै नर्स नै विरामीको मृत्युको कारक बन्छन् भने स्थिति के होला ? एउटा यस्तो घटना भएको छ, जुन सुन्दैमा त्रसित हुने खालको छ ।

हामीले मानव हत्याका अनेक खालका घटनाहरु सुनेका छौँ । तर एकजना नर्सले गरेको यो हत्या निकै भयानक तथा दर्दनाक छ ।

घटना जर्मनीको हो । त्यहाँ एकजना पुरुष नर्सले ८५ जना बिरामी मानिसको हत्या गरेको खुलासा भएको छ । यो घटना सार्वजनिक भएसँगै तहल्का मच्चिएको छ त्यहाँ । ती खुंखार हत्यारा पुरुष नर्सलाई आजीवन कैदको सजायँ भएको छ ।

विज्ञापन

ती भयानक अपराधीको नाम निल्स होगले हो । उनको अपराध मानवीय कल्पनाभन्दा पनि टाढाको रहेको न्यायाधीश सेबेस्टियन बुर्हम्यानले बताए ।

सन् २००० देखि २००५ को बीचमा निल्सले अस्पतालमा विषाक्त सुई लगाइदिएर ८५ जना विरामीको हत्या गरेका थिए ।

उनीमाथि हत्याका अन्य ६ वटा घटनामा यसअघि नै जन्मकैद भैसकेको थियो । पछिल्लो पटक थप ८० जना विरामीको हत्या गरेको समेत पुष्टि भएपछि उनी विरुद्धको सजायँ खप्टिएको छ ।

उनको अपराध प्रमाणित गर्नका लागि अन्त्येष्टि गरिसकिएका १ सय ८० वटा लासलाई उत्खनन गरी परीक्षण गरिएको थियो ।

उनले अझै धेरै व्यक्तिको ज्यान लिएको हुनसक्ने र त्यो संख्या २ सय भन्दा धेरै हुनसक्ने आशंका पुलिसको छ । ती व्यक्ति अहिले मानसिक स्थिति बिगि्रएको अवस्थामा छन् । सन् २००५ मा एक विरामीलाई विषालु सुइ दिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

-एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार