होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मुक्त हलिया समाजका पदाधिकारी तथा हलिया अधिकारकर्मीहरुलाई २ दिने तालिम आज शुरु भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ आयाेजनामा मुक्त हलिया समुदायको प्रतिनिधित्व र पैरवीमा सुधार तथा न्यायिक पुनस्र्थापनाका लागी हलिया समुदायको प्रभावकारी र शसक्त पैरवीका लागी जिल्लामा रहेका मुक्त हलिया समाजका पदाधिकारी […]
२३ भदौ, विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट चार लेनको २० किलोमिटर लामो सडकको शिलान्यास भएको छ । प्रदेशको स्थायी राजधानी जोड्ने २२ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा २० किलोमिटर मात्र बन्नेछ । सडक निर्माण असोज महिनादेखि गर्ने तयारी छ । प्रादेशिक सडक उद्घाटन गदै मुख्यमन्त्री शेरधन राईले यो सडकले समृद्धिको ढोका खोल्ने […]
२३ भदौ, गोरखा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा १५ वटा खानेपानी योजना निर्माण भइसकेका छन् । २८ सय ७९ धारा जडान भएर पानी वितरण भइसक्यो । १ सय २० घरधुरी लाभान्वित हुनेगरी आरुघाट गाउँपालिका–१० को चापानी सिंगारे ढुङ्गा चनौटे लिफ्ट खानेपानी योजना पनि बनिसकेको छ । मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट […]
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुराको बुढीगंगा नगरपालिका ताप्रा चौपाटीमा मा स्वास्थ्य शिविर संञ्चाल गरेको छ । वडा नं. २,३ मा रुघा खोकी र भाइरल ज्वरोका विरामीको चाप बढे पछि स्वास्थ्यकमीर्ले गाउँमा गएर शिबिर संचालन गरेको हो । रुघा खाेकी र भाइरल ज्वरोका विरामीको चाप बढेपछि स्वास्थ्य संस्था भन्दा टाढा रहेका गाउँका बिरामी स्वास्थ्य संस्थामा […]
उमेश अवस्थी/बाजुरा २४ साउन । जिल्लामा हुने अधिकाँस अपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन तथा सेवनलाई नियन्त्रण गर्न मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको उक्त अभियानलाई साथ दिन बडीमालिका नगरपालिका वडा नं. ९ का महिला आमा समूहहरुले सक्रियताका साथ मदिरा नियन्त्रण अभियान […]
धादिङ – त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। त्रिशूली नदिबाट थप दुई जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको हो। अझैं २५ जना हराइरहेको उनले बताए। बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ। शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ […]
आर्थिक वर्ष ०७५/७६ बितेको चौथो साता पुग्न लागेको छ । तर, सिरहा औरही गाउँपालिकाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाबापत पाउँदै आएको ज्येष्ठ नागरिक भत्ता अझै पाउन सकेका छैनन् । गाउँपालिकाले दोस्रो चौमासिकदेखि ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छैन । जसले गर्दा औरहीका ज्येष्ठ नागरिक भत्ताका उपलब्ध गराउनका लागि उजुरी दिन जिल्ला प्रशासन कार्यालय धाउनुपरेको छ । आफूले दुई किस्तादेखि वृद्धभत्ता […]
काठमाडौं, साउन २४ । मुलुकभर शुक्रबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविदका अनुसार चट्याङ पर्दा यसबाट बच्न ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् : सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने घरभित्र बस्दा […]
काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ । युनियनका केन्दीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले […]
बुटवल। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल भए नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० सफलताका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो भूमिका खेल्ने उनले बताए । बिहीबार भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले आफू पर्यटनमन्त्री नियुक्त भएपछि उपत्यका बाहिर पहिलो […]
काठमाडौं ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रूपमा स्थापित गर्ने बताएका छन् । बिहीबार पूर्वप्रहरी संगठनका पदाधिकारीसँग प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा खनालले प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रूपमा स्थापित गर्ने बताएका हुन् । उनले पूर्वप्रहरी संगठनका पदाधिकारीलाई नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै […]
सिन्धुली : सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ। सिद्धेश्वर (कमलामाई) गुठीको ११ बिघा, भीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बिघा, भीमेश्वर सदाबर्त (जलकन्या) गुठीको ६८ बिघा र कुशेश्वर–दुम्जा गुठी (झाँगाझोली रातमाटा) को ५८ बिघा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरिएको हो। जिल्ला मालपोत कार्यालयका अनुसार सिद्धेश्वर गुठीको ११ बिघा […]
काठमाडौं : भदौ २ गतेबाट सुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरिएको छ। नेपाल भलिबल संघले बिहीबार घोषणा गरेको टोलीमा अधिकांश पुराना खेलाडीको बाहुल्यता रहेको छ। इम रानाको कप्तानीमा रहेको टोलीमा धनबहादुर भट्ट, हरिहजुर थापा, कुलबहादुर थापा, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विशाल विक, नरेन्द्र गिरी, राजकुमार […]
काठमाडौं : आगामी सेप्टेम्बर २० देखि २९ तारिखसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । साफ मुख्यालय बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको खेलतालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर २० तारिखमा खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपाल, भुटान, माल्दिभ्स र पाकिस्तान […]
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएकाे थियाे । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । दर्जनभन्दा […]
काठमाडौं, २४ साउन । बिहानीको सिमसिम साउने झरी । घरको आँगनमा जनप्रतिनिधिसहित स्थानीयवासी । गोलो आकारको उपस्थितिले आँगनकोबीच भाग खाली छ । फुङ्लिङ् नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले ढिला नगरी उपभोक्ता समिति गठन निर्देशिका वाचन गरिन् । “ठूला योजना पनि माघसम्म सम्पन्न गर्ने अभियानमा छौं ।” वडाध्यक्ष ओझाले भनिन्, “साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्छौं । […]
काठमाडौं, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सल्यान जिविसका स्थानीय विकास अधिकारी पेशल पोखरेलसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सल्यानको साविक काप्रेचौर गाविस–७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । साविक जिल्ला विकास समितिको […]
मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो ल्यापटप IBM को थिंकप्याडको सानो रुप हो । हाल […]
काठमाडौं : देशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा शुक्रबार बिहान देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख छ। ‘मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।’ बुलेटिनमा उल्लेख गरिएको छ, ‘भारतको पुर्वी छत्तिसगढबाट पश्चिम-उत्तरपश्चिमतिर कमजोर भएर सर्दै जाने देखिन्छ।’ मनसुनको […]
काठमाडौँ। रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् । यस्तै छवि ओझसँग […]