होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपालको पहिलो खेल पाकिस्तानसँग
खेलकुद

नेपालको पहिलो खेल पाकिस्तानसँग

  • नागरिक रैबार
नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं : आगामी सेप्टेम्बर २० देखि २९ तारिखसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । साफ मुख्यालय बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको खेलतालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर २० तारिखमा खेल्नेछ ।

च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपाल, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल २२ तारिखमा माल्दिभ्स र तेस्रो खेल २४ तारिखमा भुटानसँग खेल्नेछ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना हुने च्याम्पियनसिपमा समूह ‘बी’ बाट भारत, बंगलादेश र  श्रीलंका भिड्नेछन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल अघिल्लो दुवै संस्करणको विजेता हो । नेपालले च्याम्पियनसिपका लागि एक साताअघिबाट तयारी सुरु गरेको छ ।

विज्ञापन

प्रशिक्षणमा ४६ खेलाडी रहेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ छन् । सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रशिक्षणमा रहेका खेलाडीको प्रदर्शनका आधारमा अन्तिम टोलीको घोषणा गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार