होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सेन्ट्रल जोनका लागि नेपाली टोली घोषणा
खेलकुद

सेन्ट्रल जोनका लागि नेपाली टोली घोषणा

  • नागरिक रैबार
सेन्ट्रल जोनका लागि नेपाली टोली घोषणा

काठमाडौं : भदौ २ गतेबाट सुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरिएको छ। नेपाल भलिबल संघले बिहीबार घोषणा गरेको टोलीमा अधिकांश पुराना खेलाडीको बाहुल्यता रहेको छ। इम रानाको कप्तानीमा रहेको टोलीमा धनबहादुर भट्ट, हरिहजुर थापा, कुलबहादुर थापा, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विशाल विक, नरेन्द्र गिरी, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, ईश्वर थापा र विनोद चन्द छन्।

नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक हान एबिङले अन्तिम १४ सदस्यीय टोली छनोट गरेको नेपाल भलिबल संघका सचिवसमेत रहेका प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए। ‘टोलीलाई लामो समयदेखि हेर्दै आउनु भएका प्रमुख प्रशिक्षक हान एबिङले नै अन्तिम टोलीको छनोट गर्नुभएको हो’, १३औं दक्षिण एसियाली खेलकुदका लागि महिला टोलीलाई प्रशिक्षण दिँदै आएका भट्टले भने ‘टोलीमा नयाँ र पुराना खेलाडीको समि श्रण छ।’ दुर्गा खड्का, राजेन्द्र विष्ट र टेकराज अवस्थीले सिनियर टोलीमा पहिलो पटक स्थान बनाउन सफल भएका छन्। राजेन्द्र र टेकराज ओपन स्पाइकर हुन् भने दुर्गा खड्का क्विक स्पाइकर हुन्। यसअघिको १८ सदस्यीय टोलीबाट राजु थकाली, दुर्गा महतो, शरणसामरी क्षत्री र द्वारिका थापा भने बाहिरिएका छन्।

सेन्ट्रल जोनका लागि अन्तिम १४ खेलाडी छनोट भए पनि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भने प्रारम्भिक २५ जनाले नै प्रशिक्षण गरिरहेको भट्टले जानकारी दिए।

विज्ञापन

नेपाल भलिबल संघको आयोजनमा भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा तुर्कमेनिस्तान, उज्वेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, कीर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार