होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीलाई नमुना संगठनको रूपमा स्थापित गर्छु : खनाल
समाचार

प्रहरीलाई नमुना संगठनको रूपमा स्थापित गर्छु : खनाल

  • नागरिक रैबार
प्रहरीलाई नमुना संगठनको रूपमा स्थापित गर्छु : खनाल

काठमाडौं ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रूपमा स्थापित गर्ने बताएका छन् । बिहीबार पूर्वप्रहरी संगठनका पदाधिकारीसँग प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा खनालले प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमुना संगठनको रूपमा स्थापित गर्ने बताएका हुन् ।

उनले पूर्वप्रहरी संगठनका पदाधिकारीलाई नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, सुधारका प्रयासबारे जानकारी गराएका थिए ।
सो क्रममा महानिरीक्षक खनालले प्रहरीले विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी कार्य गर्दै आएको समेत जनाए ।

यसैगरी, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजस्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको खनालले बताएका छन् ।
पूर्वप्रहरी संगठनका संरक्षक पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्न नीति ल्याएको साथै प्रभावकारी र प्रशंसनीय कामप्रति खुसी व्यक्त गरे ।राजधानी दैनिकबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार