होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • भलिबल
  • पुलिस र आर्मी क्वाटरफाइनलमा
भलिबल

पुलिस र आर्मी क्वाटरफाइनलमा

  • नागरिक रैबार
पुलिस र आर्मी क्वाटरफाइनलमा

बैशाख २२, २०७६

साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले त्रिभुवन विश्वबिद्यालय टिमलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन । साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको थिये । प्रतियोगितामा ८ टोली सहभागी भएको कारण प्रदेश १ पनि अन्तिम ८ मा पुगेको छ ।

विज्ञापन

यस्तै आर्मीले विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा नै पराजित गर्यो । जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार सशत्र प्रहरीको एपीएफले प्रदेश ३ लाई ३–० को सोझो सेटमै हराएको थियो । त्यस्तै गण्डकी प्रदेशले प्रदेश २ लाई ३–० कै सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५० – ५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार