होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, फाल्गुन ११, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चन्दले गरे भलिबल संघको अध्यक्षमा उठ्ने घोषणा
समाचार

चन्दले गरे भलिबल संघको अध्यक्षमा उठ्ने घोषणा

  • नागरिक रैबार
चन्दले गरे भलिबल संघको अध्यक्षमा उठ्ने घोषणा

काठमाडौं । नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् ।यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आइतबार उम्मेदवार घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् ।चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभिए) का कोषाध्यक्ष समेत हुन् । उनी पूर्व भलिबल खेलाडी पनि हुन् ।

काठमाडौंको येल्लो प्यागोडा होटलमा कार्यक्रम आयोजना गर्दै चन्दले अध्यक्षमा दाबेदारी दिँदा वर्तमान अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष यामबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

विज्ञापन

यस्तै रोसन श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि नै हालका सचिव मनवीर छन्त्यालले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।मास्के र चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि प्यानल सार्वजनिक गरेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार