होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नगर स्तरीय रनिङ शिल्डः ७ वटा खेल सकिए, त्रिपलजम्पमा मालिकाको क्लीन स्विप
खेलकुद

नगर स्तरीय रनिङ शिल्डः ७ वटा खेल सकिए, त्रिपलजम्पमा मालिकाको क्लीन स्विप

  • नागरिक रैबार
नगर स्तरीय रनिङ शिल्डः ७ वटा खेल सकिए, त्रिपलजम्पमा मालिकाको क्लीन स्विप

नागरिक रैबार/बाजुरा ३ पुस। बाजुराको बडीमालिका नगरपालिकामा पुस १ गतेबाट जारी नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज तेस्रो दिनसम्म आइपुग्दा १४ मध्ये ७ वटा खेलहरु सम्पन्न भएको आयोजकले बताएको छ ।

मालिका माविको खेलमैदानमा ३ दिनदेखि संचालन भईरहेको प्रतियोगितामा आज सम्म ७ वटा खेलहरु सम्पन्न भएका छन् । जसमध्ये सटफुट, ज्याप्लिङ थ्रो, ३०००, १५००, ८०० मिटर दौड, लङगजम्प, त्रिपलजम्म खेलहरु रहेका छन् ।

No description available.

विज्ञापन

प्रतियोगितामा सटफुटमा छात्र तर्फको खेलमा मालिका माविका लोकेन्द्र विक प्रथम भएका छन् भने द्धितिय पनि मालिकाकै योगेन्द्र थापा भएका छन् । त्यस्तै छात्रातर्फ पनि मालिकाकै विपना थापा प्रथम भएकि छन् भने द्धित्तियमा कैलाशेस्वरी माविका दिपा साउँद छन् ।

No description available.

ज्यापलिङग थ्रो खेलमा छात्र तर्फः मालिका माविका सुरेन्द्र पाध्याय, र द्धित्तियमा जाल्पा माविका हेमन्त दानी छन् । त्यसैगरी छात्रातर्फ शारदा बडुवाल प्रथम मालिका र द्धित्तियमा सत्यवादी माविकी गायत्री हमाल छन् ।

प्रतियोगिताको ३००० मिटर दौडमा छात्रतर्फ सन्देश गुँयाल सत्यवादी मावि प्रथम भएका छन् भने छात्रा तर्फ पनि सत्यवादीकै कमला पण्डित द्धित्तिय भएकी छन् । त्यसैगरी सोही दौडमा छात्र÷छात्रा तर्फ मालिका माविका जीवन बुढा र विपना रावत छन् ।१५०० मिटर दौडमा छात्रतर्फ सत्यवादी माविका सन्देश गुँयाल प्रथम र मालिका माविका जीवन बुढा द्धित्तिय भएका छन् । छात्रा तर्फ मालिकाकी साङदेआमु थापा प्रथम र द्धित्तियमा ज्ञानोदय माविकी अस्मीता जोशी छन् ।

८०० मिटर दौड छात्रतर्फ मालिका माविका विजय धामी प्रथम र द्धित्तिय सनम थापा रहेका छन् भने छात्रा तर्फ सत्यवादीकी गायत्री हमाल प्रथम र द्धित्तियमा ज्ञानोदय माविकी अस्मिता जोशी द्धित्तिय भएकी छन् ।

No description available.

त्यसै गरी लङजम्पमा छात्र तर्फ मालिका माविका राजु विक प्रथम र सन्तोष दमाई द्धित्तिय भएका छन् । छात्रा तर्फ मालिकाकै भुमिका विक प्रथम र क्रियटर जोन एकेडेमीकी नमुना बुढा द्धित्तिय भएकी छन् ।

त्रिपलजम्म खेलमा छात्र÷छात्रातर्फ मालिका माविले क्लीन स्विप गरेको छ । मालिकाका गणेश विक प्रथम र द्धित्तियमा राजु विक, छात्रातर्फ प्रथम विपना थापा र भुमिका विक द्धित्तिय भएकी छन् ।

त्यस्तै भलिवल तर्फ छात्र र छात्राहरुको दुवै खेलमा मालिका मावि र चोयाकोट मावि फाइनलमा प्रवेश गरेको छ । अहिलेसम्म सम्पन्न भएका खेलहरुमा बढीजसो खेलहरुमा मालिका माविले आफ्नो पक्षमा नतिजा हात पार्न सफल भएको देखिएको छ ।

जिल्ला स्तरका हरेक खेलकुदका क्षेत्रमा मालिका माविले विगत देखि आफ्नो कव्जा जमाउँदै आएको छ । यसअघि आयोजना भएका नगर र जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट खेल खेलेर विजेता बन्दै आएको मालिका मावि यसपटकको नगरस्तरीय रनिङ सिल्डको उपाधि पनि जित्ने सम्भावना बढ्दै गएको छ ।

नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज तेस्रो दिनसम्म आइपुग्दा उत्साहपूर्ण तरिकाले संंचालन भइरहेको बडीमालिका नगर स्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् ।

No description available.

प्रतियोगिताको तेस्रो दिनमा आइपुग्दा सम्म ७ वटा खेलहरु सम्पन्न भएका छन् भने बाँकी खेलहरु भोली सम्पन्न गर्ने आयोजकले तयारी गरेको छ ।

प्रतियोगितामा दौडतर्फ छात्र÷छात्रा १००, २०० र ४०० मिटर, रिले छात्रछात्रा ४ १०० र ४ ४००, हाइजम्म, भलिवल, कवड्डी, कराते, उसु लगायतका खेलहरु सम्पन्न हुन् बाँकी रहेका छन् । प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका छन ।

बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा पुस १ गतेबाट सूरु भएको भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार