होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैं मनाउन बाजुराका कैदीबन्दीलाई खसी उपहार
समाचार

दशैं मनाउन बाजुराका कैदीबन्दीलाई खसी उपहार

  • नागरिक रैबार
दशैं मनाउन बाजुराका कैदीबन्दीलाई खसी उपहार

नागरिक रैबार/बाजुरा १४ असोज।विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी उपहार दिएको छ ।

कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै खेलकुद सामाग्रीहरु पनि उपलब्ध गराइएको छ । शुक्रबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत र नाईके विरेन्द्र रावत मार्फत कैदीबन्दीलाई दशैं मनाउन खसी उपहार दिईएको हो ।

बन्दी जिवन विताईरहेका कारागारका कैदीवन्दीहरुलाई सरकारकाले उपलव्ध गराउने सुविधाले चाडपर्वमा मिठोमसिनो खाने कुरा नपुग्ने भएकोले बन्दीहरुलाई दशैंको अवसरमा २० हजार बराबरको खसी र खेलकुदका सामाग्री उपलव्ध गराईएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

विज्ञापन

May be an image of 9 people, people standing, animal and outdoors
त्यस्तै बडा दशैंको अवसरमा खप्तड क्षेडेदह गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई एउटा खसी र खेलुकदका सामाग्री उपलव्ध गराएको छ । गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथको नेतृत्वमा कारागारमै पुगेर जेलर, चौकीदार र नाईके मार्फत कैदी बन्दीलाई खसी उपहार दिएकी हुन् । हाल कारागारमा ५६ जना कैदीबन्दी रहेका छन् ।

बुढीगंगा नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकाले दिएको खसी उपहारसंगै चौकीदार रुपेश रावतले भने बन्दी जिवन विताईरहेका हामीहरुलाई कुन बेला दसैं आउँछ जान्छ थाहा नै हुँदैन थियो । यसपटक खसी उपहार पाएपछि कैदीबन्दीहरु दसैं मनाउन सहज हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार