होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगर स्तरीय रनिङ शिल्डः आज यी खेलहरु भए
Breaking News

बडीमालिका नगर स्तरीय रनिङ शिल्डः आज यी खेलहरु भए

  • नागरिक रैबार
बडीमालिका नगर स्तरीय रनिङ शिल्डः आज यी खेलहरु भए

नागरिक रैबार/बाजुरा २ पुस। बाजुराको बडीमालिका नगरपालिकामा जारी नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज दोस्रो दिन सहभागि विद्यालयहरुविच फिल्ड तर्फका विभिन्न खेलहरुमा प्रतिष्पर्दा गराईएको छ ।

मालिका माविको खेलमैदानमा संचालन भईरहेको प्रतियोगितामा आज एथलेटिक्स तर्फ १००, २००, ४०० र १५०० मिटर दोड गरिएको थियो । जसमा १५०० मिटर दौडमा छात्रतर्फ सत्यवादी मावि प्रथम, मालिका मावि द्धित्तिय र छात्रा तर्फ प्रथम र द्धित्तिय मालिका माविले जितेको छ ।

त्यस्तै भलिवल तर्फ छात्राहरुको सेमिफाईनल चरणमा पुगेको र छात्रहरुको भलिवल पहिलो चरणमा खेलाउन सुरु गरिएको छ ।कवड्डी तर्फ छात्र र छात्राहरुको खेलहरु सेमिफाईनलका लागि प्रवेश गरेको छ । हाइजम्प तर्फ भने मालिका मावि प्रथम भएको छ ।

विज्ञापन

बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजोबाट प्रतियोगिता सूरु गरिएको थियो ।

नगर स्तरिय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई हजारौं खेलप्रेमी दर्शकहरुले अवलोकन गरेर भव्य तरिकाले संचालन भइरहेको बडीमालिका नगर स्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् । प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार