होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • भलिबल
  • प्रदेश स्तरीय मणिमुकुन्द कप भलिवलमा १२ टिमको सहभागिता
भलिबल

प्रदेश स्तरीय मणिमुकुन्द कप भलिवलमा १२ टिमको सहभागिता

  • नागरिक रैबार
प्रदेश स्तरीय मणिमुकुन्द कप भलिवलमा १२ टिमको सहभागिता

बैशाख २२, २०७६

पाँच नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडी बढाईएको आयोजकले जनाएका छन ।
मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले आयोजना गर्नेे छैर्ठौ मणिमुकुन्द कप ५ नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता पहिलो हो ।
यही फागुन २१ गतेदेखि २४ गतेसम्म बुटवलको बुटवल मण्डपमा प्रतियोगिता हुदै छ ।

आयोजक मणिमुकुन्द भलिवल क्लवले विहिवार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

विज्ञापन

प्रतियोगिता संचालनका लागि भलिवल कोट निर्माण, प्याराफिट निर्माण तथा स्टेज निर्माण लगायतका काम अन्तिम चरणमा पुगेका छन भने पत्राचार र टिम दर्ताको काम सम्पन्न भइसकेको क्लवले जनाएको छ ।

प्रतियोगितामा ५ नम्बर प्रदेशका १२ जिल्लाका भलिवल टिमको सहभागिता रहने छ ।
बिगतका बर्षहरुमा पश्चिमाञ्चल क्षेत्र स्तरिय रुपमा संचालन हुदै आएको प्रतियोगिताको छैठौं संस्करणलाई ५ नम्बर प्रदेश स्तरिय रुपमा संचालन गरीदै छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार,कप मेडल र प्रमाणपत्र द्धितिय हुनेले टिमले ७१ हजार , मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद ४४ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने सान्त्वना हुने टिमले नगद २२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शुरेन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

१२ जिल्लाका खेलाडिहरुलाई बुटवलमा जम्मा गराएर प्रतिष्पर्धा गराउदा भलिवल खेलाडिको पहिचाान तथा बिकास हुने बिश्वासका साथ प्रतियोगिताको आयोजना गरिएको मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष मिनल रानाले बताउनु भयो ।
मणिमुकुन्द क्लवका बरिष्ट सल्लाहकार टुक बहादुर क्षेत्रीले भलिवल खेलाडीलाई उत्प्रेरणा गर्न र भलिवल खेलको बिकास गर्न यो क्लवले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

जिल्ला खेलकुद बिकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ्गले मणिमुकुन्द भलिवल क्लवले उत्पादन गरेका खेलाडीहरु राष्ट्रियस्तरमा पनि ख्याती कमाउन सफल भएकाले प्रतियोगितालाई बिशेष महत्वका साथ हेरिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार