होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया […]
काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च […]
काठमाडौं, १० फागुन । लोक दोहोरी गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेको गायक खत्रीले संस्थाका पदाधिकारीहरुको कामप्रति असन्तुष्टि जनाउँदै यात्रामा पूर्णविराम लागेको घोषणा गरेका हुन् । प्रतिष्ठानको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ […]
काठमाडौँ – हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए । यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट […]
काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि […]
काठमाडौं । गायिका समिक्षा अधिकारीले सानो उमेरमा छोरी मान्छे राम्रो नराम्रो छुट्याउन नजान्ने भन्दै मान्छेका जालझेल बुझ्न गाह्रो हुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् । समिक्षाले आफुलाई कसैले अवसर नदिएपनि स्वरले साथ दिँदासम्म गीत गाउन नछाड्ने बताएकी छन् । समिक्षाले आफुलाई माया गर्ने मान्छे समेत रहेको […]
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले अनलाइनखबरलाई जानकारी दिइन् ।
काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।इन्द्रेणी कार्यक्रमको टोली […]
नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु […]
काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो । फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड […]
काठमाडौं । ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन […]
काठमाडौं । अभिनेता शिव श्रेष्ठले दुई दर्जन उर्दू भाषाका फिल्ममा काम गरे । तीमध्ये सात फिल्म सुपरहिट भए । पाँच वर्ष लामो करिअरमा श्रेष्ठले पाकिस्तानमा ‘सुपरस्टार’ छवि बनाए । ‘हम से है जमाना’बाट पाकिस्तानी फिल्ममा डेब्यु गरेका शिवको पछिल्लो फिल्म चाहिं सन् १९९८ को ‘खतरनाक हसिना’ थियो । जमिन आसमान, लावा, टाइडर, चोरौं कि बारात, […]
काठमाडौं । ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा व्यस्त छिन् । ‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला तालनगरी पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी सेक्सी र हट […]
काठमाडौँ — ठूला मुद्दा, ‘लार्जर द्यान लाइफ चरित्र’, भारी भरकम संवादबिना पनि सरल र सहज ढंगले कथा भन्न सकिन्छ भन्ने कथ्यलाई प्रमाणित गर्ने फिल्म बनेको छ, ‘ऐना झ्यालको पुतली’ । सुजित बिडारी निर्देशित यो फिल्ममा साधारण तरिकाले सामान्य कथालाई मिहीन ढंगबाट भनिएको छ । दिदी विद्या र भाइ वसन्तको सम्बन्धमा आधारित छ फिल्म । पढाइमा […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् । ‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका […]
काठमाडौं । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा […]
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ । शनिबार बेलुका भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा भव्य कार्यक्रम सम्पन्न भयो । कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन र इन्डियन आइडल […]
सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्। टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्। टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ। यस एपमार्फत् महिलाको शारीरिक […]