होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • करिश्मा एमाले संस्कृति विभाग सदस्यमा मनोनित
मनोरञ्जन

करिश्मा एमाले संस्कृति विभाग सदस्यमा मनोनित

  • नागरिक रैबार
करिश्मा एमाले संस्कृति विभाग सदस्यमा मनोनित

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।

‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने । दशौं महाधिवेशन पछाडि एमालेको विभागीय सदस्य मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन् ।

करिश्माले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने अनलाइनखबरलाई बताइन् । ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो,’ उनले भनिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार