होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने
समाचार

ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

  • नागरिक रैबार
ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

काठमाडौं । ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ ।

भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन हुनेछ । तर रोचक पक्ष के छ भने बलिउड फिल्म नियमितजसो रिलिज नहुने क्षेत्रमा पनि ‘विक्रम वेधा’ प्रदर्शन हुनेछ ।

युरोपका २२, अफ्रिकाका २७ देशसहित जापान, रुस, पनामा र पेरु लगायत देशमा पनि बलिउड फिल्म रिलिज हुनेछ, जहाँ यसअघि बलिउड पुगेकै थिएन ।

विज्ञापन

भारतीय दन्त्यकथा विक्रम र बिटलको कथामा आधारित यो एक्सन–थ्रिलर फिल्मलाई पुष्कर र गायत्रीले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्म विक्रम र वेधा नामक पात्रको लुकामारीको कथा हो । खतरनाक ग्यास्टर वेधालाई पक्राउ गर्न विक्रमले सञ्चालन गर्ने मिसनको कथा हो ।

टी सिरिज र रिलायन्स इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म सन् २०१७ को तमिल फिल्म ‘विक्रम वेधा’कै रिमेक हो, जुन फिल्ममा आर माधवन र विजय सेतुपातीको प्रमुख भूमिका थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार