होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालीभाषी बहुल सात भारतीय सहरमा ‘प्रेमगीत ३’ को प्रचार तीव्र
समाचार

नेपालीभाषी बहुल सात भारतीय सहरमा ‘प्रेमगीत ३’ को प्रचार तीव्र

  • नागरिक रैबार
नेपालीभाषी बहुल सात भारतीय सहरमा ‘प्रेमगीत ३’ को प्रचार तीव्र

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ । शनिबार बेलुका भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा भव्य कार्यक्रम सम्पन्न भयो ।

कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन र इन्डियन आइडल तथा गायक–संगीतकार पवनदीप राजन सहभागी रहे ।

‘नेपालीभाषी दर्शकले फिल्मप्रति गर्व गर्नुभयो र हेर्न उत्साहित रहेको बताउनुभयो,’ कोलकाताबाट निर्देशन सेनले अनलाइनखबरसँग भने, ‘नेपाली फिल्मबारे सुन्दा उहाँहरु भावुक पनि हुनुभयो ।’

विज्ञापन

असोज ७ गते नेपाल र भारतसहित विश्वभर फिल्म एकैदिन प्रदर्शन तयारीमा छ । यतिबेला ‘प्रेमगीत ३’ टोलीले नेपाल र भारतमा एकैसाथ प्रचार अभियान चलाइरहेको छ ।

शनिबार बेलुका कोलकाताको आईटीसी मलमा कार्यक्रम गर्दा माहोल रोचक बन्यो । प्रदीपले क्रिस्टिनासँग नाचगान गरेर माहोल तताए भने पवनदीपले गीत गाएर दर्शकलाई उचाले । जुबिन नौटियालको स्वर र आफ्नै संगीत रहेको ‘कोही ना कोही नाता है’ गाएर उनले मन्त्रमुग्ध तुल्याए ।

उत्तरपूर्वसहित नेपालीभाषी बहुल भारतीय राज्यलाई नेपाली फिल्मको आकर्षक बजार मानिन्छ । यसअघि ‘कबड्डी ४’ ले ती थलोमा राम्रो कमाइ गरेको थियो । यसपटक कबड्डीलाई प्रतिबन्ध लगाइएको सिक्किममा समेत ‘प्रेमगीत ३’ प्रदर्शन हुनेछ ।

भारतको प्रतिष्ठित फिल्म वितरण कम्पनी यूएफओले वितरणको जिम्मा लिएको यसलाई मधु इन्टरटेनमेन्टले नेपाल र भारतबाहेकका अज्य देशमा प्रदर्शन गर्नेछ । जी म्युजिकले फिल्मको स्याटेलाइट अधिकार लिएको छ ।

फिल्मको नेपाली संस्करणलाई लिएर दर्शकमाझ उत्साह पनि छ । भारत प्रवद्र्धन सकेर दशैंअघि नेपाल केन्द्रित प्रचारप्रसार गर्ने ‘प्रेमगीत ३’ को तयारी छ । यता नेपालमा पनि अभिनेता सुनिल थापा, मनिष राउत लगायतका कलाकारले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार