होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाले गरे प्रदर्शन
समाचार

टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाले गरे प्रदर्शन

  • नागरिक रैबार
टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाले गरे प्रदर्शन

सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्। टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ।

यस एपमार्फत् महिलाको शारीरिक शोषण समेत भइरहेकाले समितिले मुख्यमन्त्री कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ। ‘नेपाली तथा विदेशी युवाहरूले हाम्रा समाजका महिलालाई प्रलोभनमा पारेर आफ्नो गोप्य अंग देखाउन बाध्य पार्छन् र यसले विदेशमा बस्ने युवाहरूको आर्थिक र मानसिक स्वास्थ्यमा समेत असर गर्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘टिकटकका कारण धेरै आमाबुवाले आफ्ना छोराछोरी गुमाएका छन्। साथै यसलाई हाम्रो सामाजिक, संस्कृतिसँग तुलना गर्ने हो भने हाम्रो समाज ठूलो संकटमा पर्ने देखिन्छ।’

विज्ञापन

कला प्रदर्शनीको बहानामा अश्लिलता, अभ्रदता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेकाले टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने समितिका संयोजक सुमन चौधरीले बताए।

‘धेरै विद्यार्थीहरूले टिकटक एपका कारण राम्ररी पढ्न पाएका छैनन्। दिनभर फलोअर कसरी बढाउने, गिफ्ट कसरी पाउने, स्टार कसरी बन्ने होडमा गइरहेको देखिन्छ, ‘ उनले भने, ‘३ लाख रुपैयाँ खर्च गरेर हाम्रा देशका युवा विदेश कमाउन जान्छन्। टिकटक स्टारले गोप्य अंग देखाउने शर्तमा उनीहरूबाट महँगो गिफ्ट तान्छन्। धेरै युवाले घरमा पैसा नै पठाउँदैनन्। दिनभर टिकटकमै लागेका हुन्छन्। यसले धेरैको घर परिवारै बर्बाद भएको धेरै घटना भएको छ।’

पछिल्लो समय टिकटकमा गिफ्ट पाउने चक्करमा केही युवतीको एमएमएस भिडिओ समेत बाहिरिएको उनको भनाइ छ।

टिकटक बन्द संघर्ष समितिले आन्दोलनको क्रममा यसअघि मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीलाई यो एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार