होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?
समाचार

विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?

  • नागरिक रैबार
विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?

काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन ।

प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि आउँछ तर यतिबेला निकै ‘डिमान्डेड’ गायिकाको छवि बनाएकी विष्णु भने बेखबर छिन् । गत वर्षको तीजमा रिलिज भएको ‘चरी जेलैमा २’ उनको पछिल्लो गीत हो । तर भाग एक जति यो चल्न सकेन । पुरानै स्वादलाई मिलाएर गीत ल्याएको भन्दै उनी आलोचित पनि भइन् । यो गीतमा उनकै पति सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

विष्णुले श्रीमान् सुन्दरमणिको कम्पोजभन्दा अरुको गीत नगाएको वर्ष दिन बितिसक्यो । लोकगीत क्षेत्रका धेरै कलाकारलाई लाग्न थालिसकेको छ कि माझीले आफ्नै बाहेक अरुका गीत गाउनेछैनन् । उनीसँग धेरै गीतमा सहकार्य गरेका शिव हमालले यो कुराको संकेत गरे । ‘उहाँले बाहिरी गीत नगाउने भन्नुभएको हो । सायद यही कारण नयाँ गीत नआएको हुनुपर्छ,’ उनले भने ।

विज्ञापन

हमालको जस्तै कुरा अर्का गायक कुलेन्द्र विश्वकर्माको समेत छ । विष्णु माझीसँग नयाँ गीतमा सहकार्य गर्ने योजना बुनेका कुलेन्द्रले माझीको पारिश्रमिक निकै बढेको कुरा सुनेपछि योजनाबाट पछि हटे । बजारमा अहिले माझीको पारिश्रमिक सात लाख रुपैयाँ पुगेको चर्चा छ । पारिश्रमिक बढी माग्दा अरुको गीत गाउनु नपर्ने भन्ने सोच पनि रहेको हुनसक्ने ठम्याइ कतिपयको छ ।

‘उहाँसँग गीत गाउने विचार गरेको थिएँ तर पारिश्रमिक बढेको कुरा सुनेपछि योजनाबाट पछि हटें,’ विश्वकर्माले भने । आफ्नो अघिल्लो गीतमा विष्णु माझीलाई दुई लाख रुपैयाँ पारिश्रमिक दिएर वसन्त थापाले सहकार्य गरेका थिए तर पछिल्लो समय वसन्तले पनि उनीसँग काम गर्नै पाएका छैनन् । तर लोकसंगीत क्षेत्रका कतिपय चाहिं माझीको पारिश्रमिक तीन लाख रुपैयाँ पुगेको र उक्त मूल्यमा एउटा म्युजिक भिडियो नै तयार हुने भन्दै उनलाई अप्रोच गर्न नमानिरहेको बताइन्छ ।

माझीसँग यसअघि सहकार्य गरेका चर्चित कलाकारको यो टिप्पणी सुन्दा अनुमान गर्न सकिन्छ, माझी आफ्ना बाहेक अरु गीत गाउनका लागि तयार छैनन् । यसबारे गायक शिव हमालको एउटा रोचक अनुभव छ । माझीसँग गीत गाउनको लागि हमालले माझीका पति अधिकारीलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा उनले विचार गरौंला भन्ने जवाफ पाए । तर त्यो विचार भनेको के हो भन्ने कुरा हमालले बुझ्न सकेनन् । पत्नी समेत रहेकी माझीको व्यावसायिक डिल चाहिं संगीतकार पति अधिकारीले गर्दै आएका छन् ।

नेपाली लोकसंगीतमा सर्वाधिक खोजिने गायिका समेत रहेकी विष्णु माझीको गीत ‘सालको पात टपरी’ लोकदोहोरी इतिहासमा (युट्युब)मा धेरै हेरिने गीत बनेको छ । जसको भ्युज ८ करोड ४२ लाखभन्दा बढी पुगिसकेको छ । चरी जेलैमा, लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, पिंडालुजस्ता हिट गीतले युट्युबमा करोड बढी भ्युज पाएका छन् । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार