होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘छक्कापञ्जा ४’ फागुन १९ मा रिलिज हुने
समाचार

‘छक्कापञ्जा ४’ फागुन १९ मा रिलिज हुने

  • नागरिक रैबार
‘छक्कापञ्जा ४’ फागुन १९ मा रिलिज हुने

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो ।

फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् । ‘छक्कापञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार