होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । […]
कञ्चनपुर: कञ्चनपुरको एक विद्यालयको गेटमै नेकपा एमालेले आफ्नो नाम लेखेको भेटिएको छ। बेदकोट नगरपालिका–९ मा रहेको उदयदेव माध्यमिक विद्यालयको गेटमा नेकपा एमालेले आफ्नो नाम लेखेपछि विवाद सिर्जना भएको छ। एमालेको वडा कमिटीले विद्यालयलाई गेट सहयोग गरेको थियो। तर, गेटमा पार्टीले आफ्नो नाम लेखेपछि आलोचना भएको हो। एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र […]
धनगढीः सुदूरपश्चिम सरकारले यहि असार १ गते नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो। प्रदेश सरकारले आगामी वर्षका लागि झण्डै पौने ३७ अर्बको बजेट सभामा पेश गरेको हो। तर, उक्त बजेट पास गर्नका लागि अहिलेसम्म पनि छलफल हुन सकेको छैन। सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सांसद विरोधमा उत्रिएका […]
धनगढी: सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, एक घण्टा ढिलो गरेर बसेको बैठक गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले स्थगित गरेका हुन्। बैठक सुरु गर्न १४ जना सदस्य चाहिने भएपनि त्यति पनि नपुगेपछि स्थगित गरेर आजै अर्को बैठक ३ […]
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन […]
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको […]
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता कीराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण […]
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ कैलालीले गम्भीर आपत्ति जनाएको छ । सोमबार महासंघका अध्यक्ष हिमालय जोशीले विज्ञप्ति जारी गर्दै नगरसभा चलिरहेको अवस्थामा पत्रकार जनक विष्टलाई रोक लगाएकोप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नगरसभाजस्तो जनताको प्रत्यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारले उपमहानगरपालिकाका एकजना कर्मचारीले […]
नागरिक रैबार/बाजुरा २७ असार।जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ मा कार्यालय सहयोगी नै वडाध्यक्षमा निर्वाचित भएर आएका छन् । झन्डै चार वर्ष कार्यालय सहयोगी भएर काम गरेका रणबहादुर थापा असार २३ गते भएको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा ४ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । नेपाली कांग्रेसका लोग बहादुर थापाले ३ सय ५८ मत […]
धनगढी: अछामी भाषाको देउडा गीत लिलु सार्वजनिक भएको छ। देउडा गीतमा अछामसहित सुदूरपश्चिममा रहेको छाउपडी कु–प्रथालाई जस्ताको त्यस्तै उतारिएको छ। गीतमा गायिका रेखा जोशी, बालगायिका पुजा देवकोटा, गायक रोहित देउवाको स्वर रहेको छ। यस्तै शब्द गौरव गिरी एलपी शर्माको रहेको छ। गीतको एरेन्ज एचबिएन किस्मतले गरेका छन् भने म्यूजिक रोहित देउवाले गरेका छन्।
डोटीः डोटीको बडिकेदार गाउँपालिका वडानम्बरकी ३ जानकी जोशीको उपचारमा समस्या भएको छ। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा अध्यापन गराउदै आएकी जोशीको उपचारमा समस्या भएको हो। आफन्तका अनुसार प्लिहा रोगले उनी ग्रसित छन्। उनको भारतको मुम्बईस्थित केइएम अस्पतालमा उपचार भैरहेको छ। उपचारको क्रममा १५ लाख बढी खर्च भएको आफन्तले बताएका छन्। यस्तै अस्पतालले उपचारमा थप १० […]
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए। पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। […]
दार्चुला — जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय स्क्रबटाइफसका बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ३ सय ५ जनामा स्क्रबटाइफस संक्रमण देखिएको छ । एक वर्षमा अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको मेडिकल अधिकृत राजेश भट्टले […]
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। (आज) सोमबार ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ। यसअघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो। असार १ गते प्रदेश सरकारले ल्याएको आगामी […]
धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व समाजवादीले गर्ने बताएका छन्। सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठुलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। अन्य दलको समर्थन पाएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो। प्रदेश सरकारको नेतृत्वका लागि […]
धनगढी । आर्थिक वर्ष २०७९/८० को बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक आइतबार पनि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले संशोधन हुनुपर्ने माग गर्दै बजेटमाथिको छलफल अस्वीकार गरे । त्यस क्रममा दलका सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की नै एको थियो । […]
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चार बुँदे सहमति भएसँगै कर्णाली प्रदेशमा शुक्रबारदेखि संसद सुचारु भएको छ । संसदको अवरोध हटेसँगै आगामी आर्थिक बर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथि दफावार छलफल भइरहेको छ । शनिबार पनि संसद सञ्चालन भएर बजेटमाथि छलफल भएको थियो । दशौं अधिवेशनको २० औं बैठकमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय र […]
धनगढीः बैतडीमा एक क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेको हो। क्याम्पस प्रमुख नेगीले असार २० गतेको राति मुख थुनेर आफूमाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। यस्तो छ घटनाको अन्तरकथा कैलाली घर भएकी पीडित महिला पुर्चौडीमा ज्याला मजदुरीको काम […]
रोल्पा । रोल्पा नगरपालिका-७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच୵पाँच जना विद्यार्थीले अध्ययन गर्छन । विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक र विद्यालय […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।