होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १३ सांसद मात्रै आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित
समाचार

१३ सांसद मात्रै आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

  • नागरिक रैबार
१३ सांसद मात्रै आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

धनगढी: सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, एक घण्टा ढिलो गरेर बसेको बैठक गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले स्थगित गरेका हुन्।

बैठक सुरु गर्न १४ जना सदस्य चाहिने भएपनि त्यति पनि नपुगेपछि स्थगित गरेर आजै अर्को बैठक ३ बजेको लागि बोलाइएको छ। प्रदेशसभा सचिवालयकाअनुसार मंगलबार बिहानको बैठकमा १३ जना मात्र उपस्थित थिए।

बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन। सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन्।

विज्ञापन

माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्। कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ। विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै