होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए। पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। […]
दार्चुला — जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय स्क्रबटाइफसका बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ३ सय ५ जनामा स्क्रबटाइफस संक्रमण देखिएको छ । एक वर्षमा अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको मेडिकल अधिकृत राजेश भट्टले […]
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। (आज) सोमबार ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ। यसअघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो। असार १ गते प्रदेश सरकारले ल्याएको आगामी […]
धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व समाजवादीले गर्ने बताएका छन्। सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठुलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। अन्य दलको समर्थन पाएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो। प्रदेश सरकारको नेतृत्वका लागि […]
धनगढी । आर्थिक वर्ष २०७९/८० को बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक आइतबार पनि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले संशोधन हुनुपर्ने माग गर्दै बजेटमाथिको छलफल अस्वीकार गरे । त्यस क्रममा दलका सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की नै एको थियो । […]
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चार बुँदे सहमति भएसँगै कर्णाली प्रदेशमा शुक्रबारदेखि संसद सुचारु भएको छ । संसदको अवरोध हटेसँगै आगामी आर्थिक बर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथि दफावार छलफल भइरहेको छ । शनिबार पनि संसद सञ्चालन भएर बजेटमाथि छलफल भएको थियो । दशौं अधिवेशनको २० औं बैठकमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय र […]
धनगढीः बैतडीमा एक क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेको हो। क्याम्पस प्रमुख नेगीले असार २० गतेको राति मुख थुनेर आफूमाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। यस्तो छ घटनाको अन्तरकथा कैलाली घर भएकी पीडित महिला पुर्चौडीमा ज्याला मजदुरीको काम […]
रोल्पा । रोल्पा नगरपालिका-७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच୵पाँच जना विद्यार्थीले अध्ययन गर्छन । विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक र विद्यालय […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
धनगढी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले देरशभरका स्थानीय तहका लागि कर्मचारी मागेको छ। ७५३ ओटै स्थानीय तहका लागि रोगजार सहायक पदमा कर्मचारीको माग भएको हो। प्रवीणता प्रमाणपत्र तह तथा सो सरह उत्तीर्ण गरेका उम्मेदवारले सो पाँचौ तहको रोजगार सहायक पदमा आवेदन दिन पाउँनेछन्। इच्छुक उम्मेदवारले काम गर्न चाहेको स्थानीय तहमा […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला उक्त चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन्। एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकदुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखी पूर्ण […]
दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । यसले […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको […]
जाजरकोट । कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष (आव) २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए । निर्देशनालयका अनुसार आव २०७८/७९ […]
अछामः सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताएका छन्। अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने बताएका हुन्। सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले […]
धनगढी: सुदूरपश्चिममा सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुन सकेको छैन। आधारभूत स्वास्थ्य सेवामा हरेक नागरिकको सहज पहुँच हुनुपर्ने भएपनि सुरक्षित गर्भपतन सेवामा भने सबैको पहुँच पुग्न सकेको छैन। सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन् स्वास्थ्यको दृष्टिकोणबाट महत्वपूर्ण भए पनि सुदूरपश्चिममा भने जनशक्ति अभाव छ। जसकाकारण जथाभावी औंषधि प्रयोगले महिलाको प्रजनन् स्वास्थ्य समस्या बढ्दो छ। सुदूरपश्चिम प्रदेशमा […]
बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र […]
निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत स्थानीय तहमा […]
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मेयर बालेन्द्र साह (बालेन) सँग लोगो माग गरेका छन् । बुधबार जारी महानगरको ११ औं नगरसभामा बोल्दै वडा नम्बर २९ का वडा सदस्य सन्तोष ढुंगेलले मेयर साहसँग लोगो माग गरेका हुन् । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको चिनारीका लागि कुनै चिन्ह पहिचान नभएको भन्दै सदस्य ढुंगेलले छुट्टै लोगो माग गरेका हुन् । यसअघि मंगलबार […]