होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगरसभामा पत्रकार विष्टलाई रोक लगाएकोप्रति पत्रकार महासंघको आपत्ति
समाचार

नगरसभामा पत्रकार विष्टलाई रोक लगाएकोप्रति पत्रकार महासंघको आपत्ति

  • नागरिक रैबार
नगरसभामा पत्रकार विष्टलाई रोक लगाएकोप्रति पत्रकार महासंघको आपत्ति

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ कैलालीले गम्भीर आपत्ति जनाएको छ ।

सोमबार महासंघका अध्‍यक्ष हिमालय जोशीले विज्ञप्ति जारी गर्दै नगरसभा चलिरहेको अवस्थामा पत्रकार जनक विष्टलाई रोक लगाएकोप्रति गम्भीर आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ नगरसभाजस्तो जनताको प्रत्‍यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारले उपमहानगरपालिकाका एकजना कर्मचारीले ‘पत्रकारलाई समेत अनगरसभामा जान अनुमति छैन’ भनेर पाखुरामा समाएर बाहिर पठाइएको घटना सामान्य जस्तो ठानिए पनि यो धनगढी उपमहानगरपालिकाको सवतन्त्र प्रेसप्रतिको दुराग्रह हो भन्‍ने महासंघ ठान्दछ ।’

विज्ञापन

साथै उपमहानगरपालिकाबाट आगामी दिनमा स्वतन्त्र पत्रकारिता र पत्रकारहरुमाथि यस्ता खालका अपमानपूर्ण व्‍यवहार नदोहोर्‍याउन सचेत गराउँदै घटनाको छाबिन गर्नसमेत महासंघले माग गरेको छ ।

हेर्नुस् विज्ञप्ति

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै