होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा लगातार पाँचौँ पटक प्रदेशसभा बैठक स्थगित
समाचार

सुदूरपश्चिममा लगातार पाँचौँ पटक प्रदेशसभा बैठक स्थगित

बजेटमा जुटेन सहमति

  • नागरिक रैबार
सुदूरपश्चिममा लगातार पाँचौँ पटक प्रदेशसभा बैठक स्थगित

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। (आज) सोमबार ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ। यसअघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो।

असार १ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संसोधन नगर्दासम्म त्यसमाथि छलफल हुन नसक्ने सांसदहरुको अडानका कारण निरन्तर संसद् स्थगित गरिएको हो। प्रदेश सांसदहरुले बजेटमा त्रुटी भएकोले संसोधन नगरि पारित गर्न नदिने बताउँदै आएका छन्। तर, सरकारले भने बजेट पारित गर्न दबाब दिइरहेको छ। मन्त्री र सांसदबीचको असहमतिका कारण प्रदेशसभा बैठक ३ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

सुदूरपश्चिममा अहिले माओवादीको नेतृत्वमा एकीकृत समाजवादी र नेपाली कांग्रेस सरकारमा सहभागी छन्। अहिले तीनै दलका सांसदहरू बजेट परिष्कृत गर्नु पर्ने बताइरहेका छन्। तर, दलबाट मन्त्री भएका कांग्रेस बाहेकले बजेटको बचाउ गर्दै संसद् सञ्चालन गर्न दबाब दिइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै