होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिपक्षी सांसदहरुद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिस्कार
समाचार

प्रतिपक्षी सांसदहरुद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिस्कार

बजेटमाथिको छलफल अनिश्चित

  • नागरिक रैबार
प्रतिपक्षी सांसदहरुद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिस्कार

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए।

पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। तर, आज पनि बैठक बस्न सकेन। यस्तै प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्। असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझै सम्म छलफल सुरु हुन सकेको छैन।

बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तापक्ष र विपक्षका प्रदेश सांसदहरुले बजेट संसोधनको अडान राखेर पारित गर्न नसकिने बताउँदै आएका छन्। तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै