होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ४ मसिर। नेकपा एमाले बाजुराले अनेरास्ववियुका स्वर्गिय नेता चेतन अयडीको सम्झनामा आज दिउसो स्मृति सभा गर्ने भएको छ । स्वर्गिय नेता अयडीको सम्झनामा पार्टी कार्यालय मार्तडीमा आज स्मृति सभा गर्न लागिएको सचिव भरत थापाले बताएका छन् । गत वर्ष भएको संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण […]
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन । सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मङ्सिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ । […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले […]
काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो सकलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् । बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । ‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, […]
जनकपुरधाम– नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ ।जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ । […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको बन्दसत्र सोमबार दिउँसोदेखि सुरु भएको छ । धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन छलफल अघि बढाए पनि सहमति जुट्न सकेको छैन । महासचिव पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल थालेका हुन् । तर सहमतिको प्रयास कमजोर बन्दै गएको एमालेका एक नेताले बताए […]
विराटनगर, २० असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा कार्कीले शनिबार राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेशसभा बैठक बसेको थियो । तर, विश्वासको मतको प्रक्रिया सुरु हुनुअघि नै कार्कीले राजीनामा दिने बताए । त्यसअघि बसेको प्रशदेशसभा संसदीय […]
राजेन्द्र विक बाजुरा,१६असोज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बाजुरा आउने भएका छन् । माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका […]
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् । तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच […]
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् ।सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । यद्यपि, विपक्षी सांसदहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो । महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले पार्टीलाई ठूलो बनाउँदा पनि गाली गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक कार्यक्रममा देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत […]
चीन । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियान चाओले नेपालमा कम्युनिस्ट विचारधारा राख्ने दलहरुबीच पुनः एकता हुनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीनको राजधानी बेइजिङ आएका माओवादी नेताहरुसँगको भेटमा मन्त्री लिउले नेपालमा वामपन्थीहरु बीचको एकताले नै राजनीतिक स्थायित्व हुने बताएका हुन् । पछिल्लो समय […]
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केही दिनदेखि कुन दललाई कुन मन्त्रालय र कति वटा दिने भन्नेबारे छलफल चलिरहेकै बेला मुख्यमन्त्री सरोजकुमार यादवले आज काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट नाम मागेर शपथ गराउने तयारी गरेपछि माओवादी चिढिएको हो । माओवादी केन्द्र मधेस प्रदेशका दलका […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति उनले कटाक्ष गरेका छन् । अध्यक्ष ओलीले भने–‘सर्वसाधारणले उपभोग गर्ने सामग्रीको मूल्य १५ देखि […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुनः मतदान हुने भएको छ । मंसिर ४ मा भएको मतदानमा एमाले र काँग्रेसविचको दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ५ मा मंसिर १० गते गते पुन मतदान हुने भएको हो । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा २८ मत खसिसकेपछि दुवैपक्षविच दोहोरो […]
गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय निर्वाचन आयोगले गर्ने बताएका छन्। मंगलबार संसदमा उक्त निर्णयको विषय सरकारको नभएको बताउँदै उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताएका हुन्। त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो। […]
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ।
जातवार्ता पढ्दा र पुँजीवादी चुनावमा गुमनाम तरिकाले होमिएको मेरो समाज अध्ययन गर्दै गर्दा – लोकतान्त्रिक भनिने पार्टी र प्रचलित कम्युनिष्ट पार्टीमा दलितको हैसियत यति किन कम्जोर छ र यो हविगत हुँदैछ ? र, आज दलित समुदायबाट प्रतिनिधित्व गर्ने गोरख शार्कीले हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा लेखेको […]