होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मधेस सरकारबाट माओवादीले मन्त्रीलाई फिर्ता बोलायो
समाचार

मधेस सरकारबाट माओवादीले मन्त्रीलाई फिर्ता बोलायो

  • नागरिक रैबार
मधेस सरकारबाट माओवादीले मन्त्रीलाई फिर्ता बोलायो

 मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

केही दिनदेखि कुन दललाई कुन मन्त्रालय र कति वटा दिने भन्नेबारे छलफल चलिरहेकै बेला मुख्यमन्त्री सरोजकुमार यादवले आज काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट नाम मागेर शपथ गराउने तयारी गरेपछि माओवादी चिढिएको हो । माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।

जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी छन् ।

विज्ञापन

यसैबीच सरकारसँग असन्तुष्ट जनमत, लोसपा र माओवादीको संयुक्त बैठक समेत बसिरहेको छ ।

स्रोतका अनुसार राम्रो मन्त्रालय पाउँनका लागि माओवादी केन्द्रले मुख्यमन्त्रीमाथि दबाबमा बढाउन सरकारबाट बाहिरिने निर्णय गरेको छ । अहिलेको मन्त्रीहरूलाई फिर्ता बोलाई राम्रो मन्त्रालय पाएको खण्डमा दलको नेता साह आफै मन्त्री बन्ने योजनामा रहेको माओवादी निकट श्रोतले बतायो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार