होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । उनले भने, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता […]
२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा […]
२० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना […]
जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]
२० मंसिर, सुर्खेत । हुम्लाको सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बालकसहित ७ जना घाइते भएका छन् । जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए । डीएसपी […]
नागरिक रैबार मंसिर १८ बाजुरा । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा निरिक्षणका लागि सिभिल हेलिकप्टरमा बाजुरा जिल्ला स्थित समरजित गुल्ममा पुगेका छन् । निरिक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अबस्थाका बारेमा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका […]
नागरिक रैबार मंसिर १८ विच्छ्या । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. ३ युना टोलका स्थानीय रण बहादुर रोकायाको घरमा आगलागी भएको स्थानीयले बताए छन् । घरमा आगलागी हुँदा मानवीय क्षेती नभएपनि पुरैघर जलेर नष्ट भएको छ । स्थानीयका अनुसार बिहान ७ बजेतिर घरका मान्छेहरु काममा गएका र घरमा कोही नभएको बेला आगलागी भएको थियो […]
मंसिर १७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् । संघीय सरकारको […]
नागरिक रैबार मंसिर १७ बाजुरा । बाजुरा जिल्लाको हिमाली भेगतिर बसोबास गदै आएका जनजाति समुदायका मान्छेहरु चिसो छल्न बेसी झर्ने कुरा पुरानै हो । उनीहरु अधिकाँश पशुपालन व्यवसायमा संलग्न हुन्छन् । गर्मी मौसममा लेकतिर, जाडो मौसममा औल (वेसीतिर) बसाई सराई गरिहाल्छन् । प्रायः एकैठाउँमा स्थायी घर बनाई बस्ने कमै भेटिन्छन् । गाईबस्तु, घोडाखच्चर, भेडापाठासहित लेकवेसी […]
नागरिक रैबार । मंसिर १७ बाजुरा । जिल्ला सदरमुकाम मार्तडी स्थित राष्ट्रिय बाणिज्य बैंकमा एक महिलाले आफ्नी अपाङ्ग छोरीको सामाजिक सुरक्षा भत्ता बुझी गनिरहेको अवस्थामा जवरजस्त खोसिलिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नं.९ का परे चदाँराका २२ वर्षीया छोरा गोपाल विक रहेका छन् । विकले बडीमालिका नगरपालिका वडा नं.१ […]
लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ । गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको […]
–झलनाथ खनाल भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् । पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने […]
अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । […]
सुर्खेत – उपचार खर्च नहुँदा सुर्खेत वीरेन्द्रनगर-१० का ५२ वर्षीय कर्णबहादुर नेपालीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ । मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उहाँ थलिनु भएको छ । ऋण र जग्गा बेचेर ढाडको उपचार गर्नुभएका कर्ण चार वर्षअघि फेरि ह्विल चियरबाट लड्नुभयो । दुवै खुट्टा भाँचिए । यस पटक पनि उहाँले […]
१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुने भएको छ । शेखर गोल्छाको नेतृत्वमा आइतबार आएको महासंघको नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो । तर नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले सहमतिबाट कोषाध्यक्ष चयन गर्नु पर्ने माग राखे । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई […]
नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ […]
काठमाडौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठुलो कुनैपनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठुलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठुलो कोहीपनि हुन नसक्ने बताएका हुन् । ‘पार्टी भन्दा ठुलो को हो ? आफूलाई आफैले ठुलो भन्ने ? यस्तो […]
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले नेकपाभित्रको विवादको समाधान हुने भन्दै कोही पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको भन्दै सबै समस्या छलफलबाटै समाचार हुने उनको भनाइ छ । शनिबार काभ्रेको पनौति जलविद्युत केन्द्रको निरीक्षणका लागि पुगेका पुनले पार्टीभित्रको अन्तर्संघर्षले अहिले सिंगो देश नै […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रममा शनिबार बिहान नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे । ‘बजेट […]
कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । “जिल्लाभर […]